गत वैशाख १२ मा गएको शक्तिशाली भूकम्प र त्यसपछि निरन्तर गइरहेका परकम्पपछि पर्यटन क्षेत्रमा पुगेको क्षति आँकलनसँगै पुनर्निर्माण र पुनरुत्थानका काम अगाडि बढिरहेको जनाउँदै समितिले विश्व बजारमा सकारात्मक सन्देश प्रवाह गर्न लोगो र नारा सार्वजनिक गरेको हो।
‘भूकम्पपछि नेपाल भ्रमण गर्न आउने पर्यटक ह्वात्तै घटे पनि हामी पर्यटन उद्योगलाई पुनर्ताजगी दिन प्रतिबद्ध छौं,’ मन्त्री शेर्पाले भने, ‘यसमा नयाँ प्रवर्द्धनात्मक लोगो र नाराले नेपाललाई संसारकै उच्च स्थानमा पुर्या उनेमा हामी विश्वस्त छौं।’
समितिका अनुसार निरन्तर गइरहेको परकम्पले उच्च पर्यटन याममा असर गर्ने भएपछि पर्यटन उद्योगलाई पहिलेभन्दा उत्कृष्ट बनाउन पुनर्निर्माण र पुनरुत्थान काममा सरकारसहित सम्बद्ध निकाय र सरोकारवाला सबै दिलोज्यानले खटिरहेका छन्।
लोगो र नारा सार्वजनिक गर्नुको उद्देश्य भनेको समिति तथा पर्यटन क्षेत्रका सम्पूर्ण सरोकारवालाले पर्यटकका लागि नेपाल सुरक्षित रहेको तथा यस क्षेत्रमा पहिलेभन्दा नेपालमा हेर्न र गर्न मिल्ने थुप्रै गतिविधि रहेको सन्देश संसारभर फैलाउनु हो।
समितिका अनुसार नेपालका सांस्कृतिक सम्पदा, ट्रेकिङ रुट, पर्वतारोहण मार्ग तथा पर्यटक आकर्षण सबै सञ्चालनमै रहेको र पर्यटकलाई स्वागत गर्न तयार रहेका छन्। पर्यटन उद्योगलाई पुनर्ताजगी दिँदै नेपाल सामान्य अवस्थामा फर्किसकेको सन्देश विश्वमाझ पुर्यारउने लक्ष्यको संयुक्त प्रयास नयाँ प्रवर्द्धनात्मक लोगो र नारा भएको समितिले जनाएको छ।



0 comments
Write Down Your Responses