पर्वतारोहीहरुको कथामा आधारित हलिउड चलचित्र “एभरेष्ट” असोज १ बाट बिस्वभर
भाद्र २० । काठमान्डौ। विश्वप्रसिद्ध पर्वतारोहीको वास्तविक जीवनकथामा आधारित हलिउड फिचर फिल्म ‘एभरेस्ट’ यही सेप्टेम्बर १८ अर्थात् असोज १ बाट विश्वभर एकसाथ प्रदर्शनको तयारीमा छ। न्युजिल्यान्ड र अमेरिकाका चर्चित पर्वतारोही रब हल र स्कट फिसरको सन् १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको थियो। सोही सत्यकथामा आधारित रहेर ‘एभरेस्ट’ निर्माण गरिएको हो।
विश्व चर्चित कम्पनी ‘युनिभर्सल पिक्चर इन्टरनेसनल’ र ‘वर्किङ टाइटल प्रालि’ ले ‘एभरेस्ट’ निर्माण गरेका हुन्। यस चलचित्र निर्माण गर्न ९४ मिलियन डलर खर्च भएको जनाइएको छ। ‘एभरेस्ट’ मा मुख्य पात्रकै
रूपमा टाप्टिङ १ सोलुखुम्बुका आङफुला शेर्पाले अभिनय गरेका छन्। ११ जना नेपाली शेर्पा तथा माउन्टेन गाइड फिल्ममा देखिएका छन्। त्यसमध्ये १० जना शेर्पाहरू सहयोगीको भूमिकामा र आङफुला शेर्पाको मुख्य भूमिका छ।
रूपमा टाप्टिङ १ सोलुखुम्बुका आङफुला शेर्पाले अभिनय गरेका छन्। ११ जना नेपाली शेर्पा तथा माउन्टेन गाइड फिल्ममा देखिएका छन्। त्यसमध्ये १० जना शेर्पाहरू सहयोगीको भूमिकामा र आङफुला शेर्पाको मुख्य भूमिका छ।
सेप्टेम्बर २ मा इटलीमा प्रिमियर सो भइसकेको छ। सेप्टेम्बर ९ मा अमेरिकाको लस एन्जल्समा प्रिमियर सो हुने जनाइएको छ। प्रिमियर शो तथा फिल्म प्रदर्शन कार्यक्रममा सहभागी हुन इटली, अमेरिका, फ्रान्स, जर्मनी लगायतका देशबाट निमन्त्रणा पाएपछि अगस्ट ३१ तारिखमै आङफुला त्यता लागिसकेका छन्।
‘एभरेस्ट’ ले नेपालको पर्यटन र हिमालहरूको प्रचारप्रसारमा उच्च योगदान पुर्याउने इटालीबाट आङफुलाले फेसबुकमार्फत् बताए। ‘प्रत्येक कार्यक्रममा मलाई पनि पाँच मिनेट बोल्ने समय दिइएको छ।’ आङफुलाले भने, ‘यो समयमा मैले नेपालको पर्यटन र भूकम्पपछि नेपाल असुरक्षित छ भनेर फैलिएको हल्लालाई प्रस्ट्याउने छु। जसले गर्दा नेपाल घुम्नै पर्ने ठाउँ र सुरक्षित छ भन्ने विदेशीहरूलाई सन्देश जाने छ।’
थ्रिडी र आइम्याक्स प्रविधिबाट छायांकन भएको चलचित्रमा शेर्पाले गाइडको भूमिका निर्वाह गरेका छन्। प्रसिद्ध आरोहीहरू रब हल र स्कट फिसरको जीवनमा आधारित रहेर हिमाल चढ्न कति कठिन र सहज छ भनेर चलचित्रमा देखाइएको छ। चलचित्रमा आङफुलाले आरोहीलाई गाइडिङ गर्ने आङदोर्जी शेर्पाको भूमिका निभाएका छन्।
चलचित्रको ट्ेरलर युट्युवमा आइसकेको छ। हालसम्म करोडौंपटक हेरिसकिएको दाबी छ। फिल्म हेर्दा आफैंले सगरमाथा चढ्दै गरेको जस्तो लाग्ने र एकपटक हेरिसकेपछि पटकपटक हेरिरहन मन लाग्ने अभिनेता आङफुलाले बताए। छ। आरोहण गर्नु साँच्चिकै साहसी र ज्यानकै बाजी राखेर खेलिने खेल रहेछ भन्ने अनुभूति दर्शकले गर्ने उनले बताए। नेपालको काठमाडौं र सोलुखुम्बुका विभिन्न ठाउँहरू लुक्ला, फाक्दिङ, नाम्चे, त्याङबोचे, फेरिचे, लोवुचे लगायत विदेशका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ। हलिउडमा सगरमाथालाई नै मुख्य कथावस्तु बनाएर निर्माण गरिएको सम्भवत: पहिलो चलचित्र हो।


0 comments
Write Down Your Responses