राँगोले भैंसी भर्ना गरे बापत वर्षमा ७० हजार रुपैयाँ कमायो
बागलुङ, २२ मंसिर । बागलुङमा एक राँगोले भैंसीलाई गर्भवती गराएबापत एक वर्षमा ७० हजार रुपैयाँ भन्दा बढी कमाएको छ । बागलुङको दमेक–८ का भैरवप्रसाद सापकोटाले पालेको राँगोले वर्ष दिनमा ७० हजारभन्दा बढी कमाइ गर्ने गरेको राससले जनाएको छ ।
२४ हजार रुपैयाँमा मा किनेको राँगोबाट वर्षदिन मै त्यसको तेब्बर आम्दानी हुन थालेपछि सापकोटा परिवारको आर्थिक अवस्थामा परिवर्तन आएको छ । दमेक तथा त्यस आसपासका गाउँभरका भैँसीलाई सो राँगोले गर्भवती गराउने गरेको छ ।
अन्य किसानको गोठमै लगेर भैँसी गर्भवती बनाएमा ६ सय र आफ्नै गोठमा ल्याए पाँचसय रुपैयाँ लिने गरेको सापकोटाले बताए ।



0 comments
Write Down Your Responses