ओंङ्छुको निधनले म लगायत पर्यटन क्षेत्रलाई शोकाकुल बनाएको छ- माधब नेपाल
| शोक पुस्तिकामामा शेर्पाप्रति श्रद्धान्जली लेख्दै माधब नेपाल |
पुस १६, काठमाडौं, वरिष्ठ पर्यटन व्यवसायी, समाजसेवी तथा आरोही वाङछु शेर्पाको क्यान्सरबाट अल्पायुमा १५ गते निधन भएको छ । ४८ वर्षको उमेरमा पुस १५ मा निधन भएका शेर्पाको पार्थिव शरीर परम्परागत पूजापाठ र अन्तिम श्रद्धाञ्जलीको लागि शेर्पा सेवा केन्द्र बौद्धमा राखिएको छ । राजधानीमा वौद्धमा पत्रकारसम्मेलन आयोजना गरि शेर्पालाई यसअघि नै राष्ट्रिय सलामी दिनुपर्ने आफूहरुले माग गरेको आङफूला शेर्पाले जानकारी दिए । शेर्पा सोलुखुम्बु जिल्लाको टापटिंगमा जन्मेर बिगत ३ दसकदेखि पर्यटन एबम समाजसेवामा समर्पित हुनिन्थ्यो, शेर्पाको श्रद्धान्जलीका लागि नेकपा एमालेका बरिस्ट नेता एबम पूर्व प्रधानमन्त्रि माधब कुमार नेपालले शोक पुस्तिकामा शोक भाव प्रकट गर्दै विसं २०६६ सालमा कालापत्थरमा बसेको संसद्को बैठकको बेला शेर्पाले उठाउनु भएको जलबायु र पर्यटन बिकाश र प्रबर्द्धनको बारेमा वहाको योगदानको स्मरणलाई शोक पुस्तिकामा उल्लेख गर्नु भएको छ साथै श्रद्धान्जली र शोक सन्तप्त परिवारलाई शान्ति र धैर्यधारण मिलोस भनि भाव प्रकट गरेका छन ।
त्यस्तै ब्यबस्थापिका संसद सदस्य यज्ञ राज सुनुवारले पनि शोक पुस्तिकामा आफ्नो भाव लेख्दै श्रद्धान्जली र शोक सन्तप्त परिवारलाई शान्ति र धैर्यधारण मिलोस भनि भाव प्रकट गरेका छन ।
जीवनको अन्तिम अबस्थामा तपाईको इच्छा के छ भनि शैय्यामा सुतिरहेका वाङछुलाई प्रश्न गर्दा उनले भनेका थिए, ’क्यान्सर रोगबाट निको भएर क्यान्सर रोगीहरुको समूह बनाई सगरमाथा चढ्ने र जसबाट आएको सहयोगले क्यान्सर पिडितहरुको सहयोग गर्ने तर उनको यो सपना पुरा नहुदै निधन भएको छ ।‘ अब उनी कहिल्यै पनि सगरमाथा पुग्न नसक्ने भएका छन् । उनको इच्छा अपुरो रह्यो । तर, वाङछुका भतिजा आङफूला शेर्पाले उनको तस्विरलाई सगरमाथामा पुर्याउने बिचार ब्यक्त गरेका छन ।
शोक पुस्तिका
| पूर्व प्रधानमन्त्री माधब नेपालले शेर्पाको शोक पुस्तिकामा लेखेको शोक भाव |
| व्यबस्थापिका संसद सदस्य यज्ञ राज सुनुवारले शेर्पाको शोक पुस्तिकामा लेखेको शोक भाव |
राष्ट्रिय सलामीपछि मात्रै वाङछुको अन्त्येष्टि
खिलक बुढाथोकी
पुस १६
काठमाडौं । सगरमाथा संरक्षक अभियन्ता वाङछु शेर्पालाई राष्ट्रिय सलामी सहित अन्त्यष्टी गर्न परिवारले माग गरेको छ । राष्ट्रिय महत्वको विषयमा गरेको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय सलामी दिनुपर्ने माग परिवारले गरेको हो । ४८ वर्षको उमेरमा पुस १५ मा निधन भएका शेर्पाको पार्थिव शरीर परम्परागत पूजापाठ र अन्तिम श्रद्धाञ्जलीको लागि शेर्पा सेवा केन्द्र बौद्धमा राखिएको छ । राजधानीमा वौद्धमा पत्रकारसम्मेलन आयोजना गरि शेर्पालाई यसअघि नै राष्ट्रिय सलामी दिनुपर्ने आफूहरुले माग गरेको आङफूला शेर्पाले जानकारी दिए ।
को हुन वाङछु ?
वाङछु शेर्पालाई चिन्ने प्रशस्तै पहिचान भएतापनि अहिलेसम्म धेरैले वरिष्ठ पर्यटन व्यवसायी, पर्वतारोही तथा समाजसेवी भनेर चिन्दै आएका थिए । केहीदिन अघि नेपाल सरकारले सगरमाथा संरक्षक अभियन्ता २०७२ ले सम्मान गरेपछि वाङछुलाई चिन्ने अर्को पहिचान थपिएकोे थियो, सगरमाथा संरक्षक अभियन्ता ।
४८ वर्षीय वाङछुले सगरमाथाको संरक्षणको निम्ती लामो समय बिताएका थिए । सगरमाथा आरोहण गर्न जानेहरुले फालेको फोहोर सगरमाथामा प्रदुषण बढ्दै जाँदा नेपाल सरकारको समेत ध्यान नगएको त्यो बेला उनै वाङछु सगरमाथा संरक्षण अभियान सञ्चालन गरेर १५ सय टन फोहोर संकलन गर्न सफल भएका थिए । त्यस यता सगरमाथामा कुनै यस्तो फोहोरहरु हालसम्म पनि थुप्रिएका छैनन् । उनले आफुले गर्न सक्ने काम कसैलाई हारगुहार नगरी आफैं एक्लै पनि गरिरहन्थे । उनी एक्लैले गर्न नसक्ने काम सम्बन्धित निकाएकमा ध्यानआकर्षण गराएर भएपनि सफल बनाउँथे । बढ्दो जलवायु परिवर्तनमा सरकारको ध्यानआकर्षण गराउनको निम्ती उनैको सक्रियता र आयोजनामा सगरमाथाको आधार शिविर कालापत्थारमा मन्त्रिपरिषद्को बैठक समेत राख्न भूमिका खेले । यस्ता दर्जनौ विशिष्ट काम गरेका व्यक्ति क्यान्सरबाट ग्रसित भएपछि सरकारले उनीप्रति चासो देखाएको छ । अस्पतालमै एक कार्यक्रमको आयोजना गरेर नेपाल सरकार तथा पर्यटन मन्त्रालयले उनले जीवनकालमा गरेका कार्यहरुको उच्च मूल्याङकन कदर गर्दै सम्मान समेत गरेको थियो ।
वाङछुले पर्वतिय पर्यटन र सामाजिक क्षेत्रमा अनगिन्ती कामहरु गरेका छन् । आज उनी हामी सामू नभएपनि अस्पतालमा रहँदा दैनिक एक दर्जन विशिष्ट व्यक्तिहरु उनको स्वास्थ्य अवस्था बुझ्न तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुग्ने गरेका थिए । उनको स्वास्थ्य अवस्था बुझन् उपराष्टपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामूख ओनसरी घर्तीमगर, पूर्वप्रधानमन्त्रि माधवकुमार नेपाल, बाबुराम भटाराईदेखि लिएर उपप्रधानमन्त्रि सिपी मैनाली, पर्यटनमन्त्रि आन्नद पोखरेल, पूर्व पर्यटनमन्त्रि पृथ्वी सुब्बा गुरुङ्ग, हिसिला यमी, बलबहादुर केसी, पूर्व मूख्यसचिव लिलामणी पौडेल, पूर्व सेनापती रुपमाङ्गगत कट्वाल, पूर्वगृहमन्त्रि माधव घिमिरे, पूर्व स्थानीय विकासमन्त्रि प्रकाशशरण महतलगायत पर्यटन संघसंस्थाका प्रतिनिधी, सभासद् र शुभचिन्तकहरु पुगेर उनको स्वास्थ्य लाभको कामना गरेका थिए । वाङछु राष्टकै सम्पती थिए । दुई वर्ष मात्र काम गर्न पाउने हो भने धेरै गरेर देखाइदिन्थे ।
नेपाली विश्ष्टि व्यक्तित्व मात्र होइन विदेशी विश्ष्टि व्यक्तिहरुले समेत वाङछु स्वास्थ्य अवस्था दैनिक जानकारी लिने गरेका थिए । नेपालको पर्यटन विकास र विदेशमा नेपाललाई चिनाउन लागि पर्ने व्यक्ति वाङछुले तीन पटक सगरमाथाको चुचुरोमा पाइला पनि टेकेँ । धेरैलाई सगरमाथा पुर्याए । पेसा नै सगरमाथा चढ्ने र चढाउने अपनाएका वाङछु पेसा व्यवसायको विकास कसरी गर्न सकिन्छ भनेर लागिरहे । यसैले आज वाङछु पर्यटन क्षेत्रकै पायोनियर व्यक्ति मानिन्थे । तर, उनी आज हामी सामू छैनन् ।
सगरमाथामा धेरै किसिमका किर्तीमानी आरोहण गरेका छन् । यस्ता अधिकाश किर्तिमानी आरोहणमा उनको भूमिका धेरै छ । पहिलो पटक नेपाली महिला पासाङल्हामु शेर्पा, पहिलो पटक सगरमाथाको चुचुरोमा विवहा गर्ने पेम्बाको जोडी, कृत्रिम खुट्टाले आरोहण गर्ने कामी, सगरमाथाको चुचुरोबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारण गराउने आरोहण, विविसी समूहको आरोण लगायतमा उनले भुमिका खेले । उनैले विश्वप्रसिद्ध सञ्चारमाध्यम नेशनल जुओग्राफी च्यानलमा समेत पहिलो पटक नेपाललाई चिनाएका थिए । डेनमार्कको कोपनहेगनमा भएको हिमाल बचाउ कार्यक्रममा समेत आरोहीहरुको नेतृत्व उनले गरेका थिए ।
पर्वतिय पर्यटनमा देखिएका समस्याहरुको समधानको लागि उनले सम्बन्धित निकाए धेरैपटक धाएका थिए । एउटा सरकार आउँछ योजना बनाउँछ तर कार्यन्वय हुन नपाँउदै सरकार ढल्छ । उनले सम्बन्धित निकायमा पेस गरेका कामहरुको पनि अवस्था उस्तै रह्यो । त्यस्तो बेलामा पनि उनले सबै पार्टीका सबै मन्त्रिलाई रिजाएरै काम गर्दथेँ । वर्षैदेखि स्थगित हिमाली क्षेत्रको पर्यटन विकास वापतको रोयल्टी फुकुवा गर्न समेत उनले भुमिका खेले । तर, उनको मिलनसार निडर स्वभावले होला सबै पार्टीका पर्यटन मन्त्रिलाई रिजाएर काम गरे । जसले गर्दा आज सबै मन्त्रिको नजरमा उनी राम्रो मान्छेको रुपमा बसेका छन् ।
वाङछुले पर्यटन क्षेत्रमा जति काम गरेका छन त्यो भन्दा बढी सामाजिक क्षेत्रमा काम गरेका छन् । सोलुखुम्बुको टाप्टिङमा जन्मिएका वाङछुको गाँउमा विद्यालय थिएन त्यसैले उनले पढेनन् । उनैले स्थापना गरेको विद्यालय वाङछु विश्वदर्शन प्राविमा पढेका विद्यार्थीहरु देशविदेशमा नाम कमाईरहेका छन । गाँउलाई उज्यालो बनाउने काम पनि उनैले गरे । वाङछु लघुजलविद्युत परियोजनाले अहिले १२० गाउँधुरी उज्यालो बनेको छ । गाँउमा सडक सञ्जाल पुर्याउन उनले ठूलै योगदान गरेका थिए । त्यसैगरी खानेपानीलगायतमा पनि उनले काम गरेका थिए । अहिले उनी सुविधा सम्पन्न अस्पतलको निर्माणमा जुटेका थिए । सात दाजुभाईमध्ये कान्छा वाङछुका दुई छोरी छन् । उनका छोरा छैनन् तर उनको सम्पुर्ण जिम्मेवारी भतिजा आङफुलालाई सुम्पिएका छन् । वाङछु हामी सामू छैनन् । तर, पनि वाङछुको सपना साकार पार्नको लागि आङफुला लागिरहने बताएका छन् ।
वाङछुको सफलतालाई मात्र हेरेर वाङछुको बाल्यकाललाई बुझेर उनीबाट प्रेरणा लिनु आवश्यक छ । साँच्चिकै उनको वाल्यकाल केलाउँदा त्यो अवस्थाबाट आएको मान्छे कसरी यो अवस्थाबाट आँउछ, अपत्यारिलो लाग्न सक्छ । बुबाआमाको माया कस्तो हुन्छ उनले अनुभव गर्न पाएनन् । ठूलो परिवारमा १३ वर्षसम्म बसेपछि खाली हात काठमाडौंमा छिरेका थिए । यसपछि उनको दिनहरु झन कठिन रह्यो । शहरमा धेरै ठाँउमा रोजगारको लागि धाएका थिए । अन्तत उनले नेपाल आर्मीलाई भेटेर समस्या पोखेपछि एयरपोर्टमा जहाजबाट समान बोक्ने काम गरेका थिए । सातमहिना काम गरेपछि उनले त्यसलाई छोडेर चिनको खासामा गएर विदेशीहरुको भारी बोक्न थाले । यसैबाट उनले पर्यटन क्षेत्रमा पाइला हालेका टेकेका थिए । टे«किङ्ग गाइड हुँदै माउन्टेन गाइड बनेका वाङछु सन् १९८७ सगरमाथाको सात हजार मिटरमा लगातार १८ दिन बसेर आफ्नो सामथ्र्य बढाएपछि वाङछु राष्ट्रिय अन्तराष्ट्रिय बजारमा चिनिन् पुगेका थिए । अेमेरिकाको चर्चित व्यक्ति डेविड बे्रसियरको संगतले वाङछुले कम्पनी समेत खोल्न सफल भएका थिए । पीक प्रमोशन प्रालि ।
कम्पनी सञ्चालन गरेपछि उनको जिम्मेवारी बढ्दै गयो र व्यवसाय पनि फैलिदै गयो । यसपछि वाङछुको सक्रियतासँगै चर्चा पनि बढ्दै गएको थियो । उनले तीन पटक सगरमाथामा पुगे भने धेरै पटक नेपाललगायत अन्य धेरै देशका हिमालहरुको चुचुरोमा पनि पुगेका थिए । यसपछि नै वाङछुको सक्रियता पर्यटन विकास र सामाजिक क्षेत्रमा रहेको छ । उनले टान, एनएमए, एचआरए, किप लगायत संस्थामा दुई तीन कार्यकालसम्म रहेर काम गरे । उनले शेर्पा भाषा, संस्कृती र जातका उत्थानको लागि पनि उतिकै सक्रिय रुपमा लागिपरे । शेर्पा संघ, शेर्पा सेवा केन्द्र, शेर्पा सांस्कृतीक केन्द्रलगायतको संस्थापक समेत रहेर काम गरेका थिए । यसैगरी पेशा आरोहण गर्ने भएकाले आरोहण संघको स्थापना गरेर आरोहीहरुलाई सम्पर्क अधिकृती, प्रमाणपत्र वितरणको समेत व्यवस्था मिलाएका वाङछुले पर्वताराही बाबुछिरीको सालिक पशुपती विकास क्षेत्रमा बनाउनको लागि पनि त्यत्तिकै संघर्ष गरेर बनाएर छाडे । त्यसैगरी सगरमाथा आरोही संघको भवण बनाउन पनि उनी सफल भएका थिए ।
वाङछुले गरेको कार्यलाई कदर गर्दै विभिन्न नेपाली तथा विदेशी संघसंस्थाले उनलाई पुरुस्कृत समेत गरेका छन् । नेपाल सरकारबाट सुप्रभल गोरखा दक्षिण बाहु २०५९, नेपाल, चिन, जापनबाट पर्वतारोहण पुस्कार, सगरमाथा गोल्डेन अर्वाड, नेपाल टेलिभिजन अर्वाड, दैवी प्रकोप पीडीत उद्दार पदक लगायत पुरस्कार तथा सम्मान पाएका थिए ।

0 comments
Write Down Your Responses