• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» शुभकामनासँगै ओलीले मोदीलाई दिए संविधान संशोधनको सन्देश
शुभकामनासँगै ओलीले मोदीलाई दिए संविधान संशोधनको सन्देश

माघ ११, काठमाडौं । भारतको ६७ औं गणतन्त्र दिवसको अबसर पारेर भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज शु्भकामना सन्देश पठाएका छन् । भोलि मंगलबार भारतले ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । त्यही अबसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश पठाएर भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ दिएका हुन् । शुभकमना साथमा प्रधानमन्त्री ओलीले नेपालको संविधान संशोधन समेत भएको सन्देश पनि दिएका छन् । 

दिएको सन्देशमा ओलीले उल्लेख गरेका छन्-संविधानसभाबाट हालै नयाँ लोकतान्त्रिक र समावेशी संविधान जारी भएर लोकतान्त्रिक तवरले निर्वाचित संविधानसभामार्फत संविधान लेख्ने नेपाली जनताको धेरै समय अघिदेखिको चाहनाले मूर्त रुप लिएको सन्देश तपाईंसामु भन्न पाउँदा म हर्षित छु ।’ सन्देशमा थप भनिएको छ-केही दिनअघि मात्रै जनताको जायज मागलाई संविधान संशोधनमार्फत सम्बोधन गरिएको छ ।’ नेपालले असोज ३ गते जारी गरेको नयाँ संविधानमाथि भारत बेखुस देखिएको थियो । 

उसले संविधानको स्वागत गरेन र मधेस आन्दोलनलाई देखाएर नाकाबन्दी समेत गरेको छ, जुन कायमै छ । त्यसपछि भारतले संविधान संशोधन गरेर मधेसीको माग सम्बोधन गर्न दबाव दिँदै आएको थियो । अहिले संविधान संशोधन त भएको छ । तर, मधेसी मोर्चाको अलिकति पनि सहमति देखाईएको छैन । प्रधानमन्त्रीको यो कदम संगै भारतको नाकाबन्दी हट्छ कि कायमै रहन्छ भन्ने ठूलो अन्यौल देखिएको छ । यद्यपि संविधान संशोधन पास गर्दै गर्दा प्रधानमन्त्री ओलीले भने नाका खुल्ने दाबी गरेका छन् । 

संविधान संशोधन भएको दुई दिनपछि ओलीले गणतन्त्र दिवसको अबसरमा शुभकामना सन्देशमार्फत नै मोदीलाई नेपालको संविधान संशोधन भएको सन्देश पठाएका छन् । अब प्रधानमन्त्री ओलीको यो औपचारिक सन्देशपछि नाकाबन्दी हट्छ हट्दैन, त्यो भने हेर्न बाँकी छ ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State