• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Health, News » बच्चा हुन्छ भन्दै मसानघाट लगेर पतिकै अगाडि बलात्कार गरेपछि ...
बच्चा हुन्छ भन्दै मसानघाट लगेर पतिकै अगाडि बलात्कार गरेपछि ...

माघ ७, नेपालगन्ज, नेपालगञ्जमा मधेसी समुदायको एक जोडी वैवाहिक बन्धनमा बाँधिएको एक वर्ष बित्दा पनि गर्भ नरहेपछि समाजमा गाइँगुइँ चल्न थाल्यो । पुरुष प्रधान देश न हो, हाम्रो ! समस्या जसको जे भए पनि सबै दोष महिलामाथि थोपरिन्छ, अलच्छिनी, बाँझीजस्ता उपमा दिँदै विभिन्न तनाव दिइन्छ, त्यही तनावबाट गुज्रेपछि सन्तोषी (नाम परिवर्तन) ले श्रीमान्लाई अस्पताल जान अनुरोध गरिन् । सोहीमुताविक अस्पताल गए तर समाधान निस्किएन । 

२४ वर्षभन्दा कलिलै उमेरको नवजोडी झन् तनावमा प¥यो, अस्पतालबाट पनि समाधान नभएपछि सन्तोषीका श्रीमान्ले उक्त समस्या नजिकको साथीसँग भने । ती साथीले कुरा सुन्नेबित्तिकै, ‘यति सानो कुरा, यो कुराको चिन्तै नगर, यसको हल त मसँग छ’ भने । उनले आफू झारफुक र पूजा, अर्चना गरी यस्ता समस्या समाधान गर्दै आएको बताएपछि भनेअनुसार गर्न पीडित जोडी तयार भयो । कहिले केही नगद त कहिले अगरबत्ती, अक्षता सामग्रीको माग हुन थाल्यो । 

दम्पतीले पनि मागबमोजिम सामग्री पु¥याउन थाल्यो । दिनदिनै पूजा हुन थाल्यो । पूजाआजा गर्ने क्रममै उनले एक दिन भने, ‘ल आज राति मसानघाटमा गई विशेष पूजा गर्नुपर्छ ।’ भनेबमोजिम १८ पुस रातिको समय तय भयो । कथित वैद्यको योजनाअनुरूप तीन जना राति ८ बजे बाँकेको गनापुरस्थित मसानघाट जान घरबाट निस्के, करिब एक घन्टापछि पूजा गर्ने भनिएको स्थानमा पुगे । धूप, अगरबत्ती बाली पूजापाठको काम भयो । 

वैद्यले झोलाबाट छुरी निकाली श्रीमान्लाई बीचमा राखेर घेरा लगाउने काम गरे । ‘यस घेराबाट ननिस्किनू, तेरो बूढी र म अर्को मुख्य पूजा गर्न अलि पर जानुपर्ने भयो, अनि म कराए पनि, तेरो बूढी कराई भने पनि यो घेराबाट बाहिर ननिस्किनू, निस्किस् भने तँ मर्छस्’ भनी वैद्यले सन्तोषीलाई निष्पट्ट अँध्यारोमा अलि पर लगे । पीडितका अनुसार आफूलाई तिमी एकछिन यहीँ बस भनी उनी एकछिन अलप भए । एकछिनपछि आए, रक्सीको गन्धसँगै । अनि एउटा कुनै जनावरको खप्परजस्तो निकाली त्यसमा सिन्दुर लगाउन भने । ठूलो विश्वास गरेका वैद्य बा एकाएक निर्वस्त्र भए । यो अकल्पनीय अवस्था देखेर उनी आत्तिइन् र भनिन्, ‘तपाईंले लुगा किन खोल्नुभयो रु’ उसले भन्यो, ‘यो पूजाको अन्तिम विधि हो, यसका लागि लुगा खोल्नुपर्छ ।’ उनले भने, ‘तिम्रो सुरुवाल पनि खोल ।’ उनी झन् आत्तिइन् र भनिन्, ‘खोल्दिनँ,’ उसले भन्यो, ‘तिम्रो सुरुवाल रातो रंगको छ, यस्तो कपडामा पूजा हुँदैन ।’ 

सुरुवाल खोल्न नमानेपछि राक्षसी रूप देखाई जबरजस्ती गर्न थाल्यो, रोई कराई गरिन् तर केही लागेन आखिर कथित वैद्यले इच्छा पूर्ति गरिछाड्यो । त्यहाँ यो घटना घटिरहँदा श्रीमान् वैद्यले लगाएको घेराभित्र थिए । श्रीमती रोएको सुने पनि पूजा भइरहेको होला भन्दै घेरा तोड्ने काम गरेनन्, उता श्रीमतीको अस्मिता लुटिसकिएको थियो । यौनपिपासुले यसरी इच्छापूर्ति गरेपछि २२ घन्टासम्म आफ्नो श्रीमानसँग नबोल्न धम्की दिइयो । तत्पश्चात् श्रीमान् भएको ठाउँमा पुगी झोलाबाट एउटा कागती निकालेर त्यसमा सिन्दुर लगाई पूजा गर्न लगायो अनि भन्यो, ‘पूजा सम्पन्न भयो, यहाँ जे–जे भयो, त्यसबारे कसैलाई नभन्नू, भन्यौ भने बा–आमा र तिमीहरू दुवै जना मर्नेछौ ।’ 

ल अब फर्कौं भनेर तीनैजना घरतर्फ लागे । घर पुग्दा श्रीमती डरले काँपिरहेकी थिइन् भने बेला–बेलामा रोइरहेकी थिइन्, श्रीमान्ले किन के भयो भन्दा पनि बोल्न सकिरहेकी थिइनन्, बोलुन् पनि कसरी रु २२ घण्टासम्म नबोल्नु अन्यथा मर्नेछौ भनेको छ, अनि श्रीमान्ले फकाइ–फकाइ सोध्न थाले, केही हुँदैन भन न, तिमी यसरी किन डराइ रा’छ्यौ, उसले त्यहाँ लगेर के ग¥यो आदि इत्यादि । आखिरकार उनले आफूमाथि भएको सबै घटना भनिन् । अब के गर्ने, कसो गर्ने भनी दुवै जना सोच्न थाले र एउटा निष्कर्षमा पुगे, त्यसलाई यसै छाड्नुहुँदैन, प्रहरीकोमा जाऊँ र रिपोर्ट गरौँ अनि दुवै जना प्रहरीकोमा पुगे र घटनाको जानकारी गराए ।

तुरुन्तै प्रहरीले सूचनाका आधारमा पीडकलाई निजको घरबाट पक्राउ ग¥यो । बलात्कारको घटना भएको हुनाले महिलाको स्वास्थ्य परीक्षणलगायत सबै प्रक्रिया पूरा गरिसकेपछि पीडितले उनीविरुद्ध बलात्कारको मुद्दा जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता गराए । हाल पीडक जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । निजलाई हदैसम्मको कारबाही गर्ने प्रहरीले जनाएको छ । यस घटनाबाट अपराध र अपराधी समाजमा कसरी रहिरहेका छन् र, अन्धविश्वासले कति ठूलो समस्या निम्त्याउँदो रहेछ भन्ने कुरा छर्लंग पारेको जन आस्था साप्ताहिकमा समाचार छ ।
यस सम्बन्धि भिडियो हेर्न तल क्लिक गर्नुहोस --

Labels: BreakingNews, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State