• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Sports » नया ईतिहांस-नेपालले शक्तिशाली न्युजिल्यान्डलाई हरायो
नया ईतिहांस-नेपालले शक्तिशाली न्युजिल्यान्डलाई हरायो

माघ १४, काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले शक्तिशाली ठानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालले २ सय ३८ रन बनाएको थियो। नेपाली यु-१९ टोलीको यो अहिलेसम्मै सबैभन्दा ठूलो स्कोर थियो। यसअघि २००६ मा नेपालले आयरल्यान्डविरुद्ध २ सय ३४ रन बनाएको थियो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर अहिलेसम्मै सर्वाधिक रन बनाउन सफल भएको हो। 

२३९ रनको रनको लक्ष्य पाएको न्युजिल्यान्ड ४७.१ ‌ओभरमा अल आउट भयो। नेपालका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। प्रेम तामाङको पोल्टामा दुई विकेट पर्यो । नेपालका लागि सन्दीप सुनारले एक छक्का र तीन चौका मद्दतले ३९ रन बनाएर आउट भए। सुशील धमाला १५ रनमा पेभेलियन फर्किए भने योगेन्द्र सिंह कार्की ६ रनमै आउट भए। ७१ बल सामना गरेका राजु रिजाल ६ चौका प्रहार गर्दै ४८ रन बनाएर आउट भए। आरिफ शेख ३९ रनमा आउट भए भने राजवीर सिंह २४ र दीपेन्द्र सिंह ऐरी १६ रन बनाएर आउट भए। त्यस्तै कुशल भुर्तेलले अविजिति ३५ रन बनाए ।

Labels: BreakingNews, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State