संकास्पद ! किन अाए बिहारका जलमन्त्री कोशी नदीमा ?
माघ १६, सुनसरी । भारत बिहारका जल संशासनमन्त्री ललन सिंहले आज कोशी ब्यारेजदेखि सुनसरी जिल्लाको बराहक्षेत्रस्थित चतरा क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । जल संशाधनमन्त्रीसँगै प्रिन्सिपल सेक्रेटरी, चिफ इन्जिनीइर राजेशकुमार, बिहार सुपौलका डिएम रामचनन्द्र कोशी प्रजेक्टका लियाजन अफिसर अरुणकुमार सिंह समेतले सो क्षेत्रका अवलोकन गर्नु भएको थियो ।
कोशी प्राजेक्टको सम्झौता अनुसार भारत सरकारले कोशी ब्यारेजदेखि उत्तर चतरासम्मको पूर्वी तटबन्ध क्षेत्रमा सम्पूर्ण रेखदेख भौतिक पूर्वाधार निर्माण तथा मर्मत समेत भारत सरकारले नै गर्ने उल्लेख भए अनुसार सुनसरीको प्रकाशपुर क्षेत्रको पूर्वी तटबन्ध क्षेत्रमा नदी कटान नियन्त्रण कार्य भई रहेको छ ।
जनवरी १५ देखि मे १५ सम्ममा कोशी नदीले कटान गरिरहेको पूर्वी क्षेत्रको तटबन्धमा एन्टि इरोजन अभियान प्रोजेक्ट अन्तर्गत निर्माण कार्य भारतको बिहार सरकारले गरिरहेको छ ।
नदीले कटान गरिरहेको स्थानमा भएको रोकथाम तथा पुननिर्माणको कार्य अन्तर्गत अहिले भारत सरकारको विराह राज्य सरकारले त्यस क्षेत्रमा नदीको कटान नियन्त्रणको कार्य भई रहेको छ ।
भारत बिहारका जल संशसनमन्त्रीसँग अनुगमनका लागि नेपालका तर्फबाट सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ जनपथ प्रहरी प्रमुख पोषराज पोख्रेल शसस्त्र प्रहरी प्रमुख जयन्त खड्का सिँचाई डिभिजन कार्यालय विराटनगरका प्रमुख विनोलकुमार झा लगायतको सहभागिता रहेको थियो ।
टोलीले कोशी नदीको कोशी ब्यारेजदेखि चतरासम्मको पूर्वी तटबन्ध क्षेत्रको स्थलगत अवलोकनसँगै कोशी नदीले कटान गर्न सक्ने सम्भावित खतरा भएका स्थानको पहिचान गरि ती क्षेत्रमा तत्काल नियन्त्रणका कार्य गर्न कार्यरत प्राविधिक टोली लगायतलाई निर्देशन दिईएको छ ।
पुर्बेलीखबर


0 comments
Write Down Your Responses