रंगेली काण्ड राज्यको क्रुर आतंक भन्दै लिबुवानद्वारा चक्काजाम गर्ने
माघ ९, ताप्लेजुङ, गत ७ गते तिनजनाको ज्यान जाने गरि मोरङको रंगेलीमा भएको घटनालाई क्रुर राज्य आतंकको संज्ञा दिदै सो घटनाको विरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आईतबार एक दिन अरुणपुर्व चक्काजामको घोसना गरेको छ ।
मोरङको रंगेलीमा ३ जनाको गोली हानी हत्या गरेको वर्तमान प्रधानमन्त्रि केपी वलीको पार्टी एमालेलाई आरोप लगाउदै उक्त समितिद्धारा सो घटनाको विरोधमा आईतबार एक दिन अरुणपुर्व लिम्बवान चक्काजामको आव्हान गरिएको प्रेस विज्ञप्ती मार्फत जनाईएको छ ।
संघिय लिम्बवान पाटी नेपाल सहितको विभिन्न ४ पाटी सम्मिलीत लिम्बवान संयुक्त संघर्ष समितिले निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्यको क्रुर आतंकको चरम रुप भएको भन्दै घटना प्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा जनाईए अनुसार भोली अरुणपुर्व लिम्बुवान क्षेत्रमा कुनै पनि सवारीका साधन चल्न दिईने छैन् ।
अहिलेको संबिधानलाई लिम्बुवानको समर्थन छ भनेर राज्यले अन्तराष्टिय जगतमा गलत हल्ला फिजाईरहेको भन्दै अबका आन्दोलन राजधानी केन्द्रित गर्ने तयारी भईरहेको समेत सो समितिले जनाएको छ । गत बिहिबार मोरङको रंगेलीमा प्रहरीले चलाएको गोली लागेर रंगेली ४ चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीको मृत्यु भएको थियो ।
-पुर्बेली न्युज



0 comments
Write Down Your Responses