प्रसिद्ध सिया धर्म गुरु शेख निमरलाई मृत्यु दण्ड
काठमाडौं, १९ पुष, बिबिसि समाचारका अनुसार साउदी अरेबियाले प्रसिद्ध सिया धर्मगुरु शेख निमर अल निमरलाई मृत्युदण्ड दिइएको छ ।
आतंकवादको सफाया अभियानमा मृत्युदण्ड दिइएका ४७ जनामध्ये निमर पनि एक रहेको साउदीको गृह मन्त्रालयले जनाएको छ ।
शेख सन् २०११ देखि पूर्वी प्रान्तमा भड्केको सरकारविरोधी अभियानका प्रखर समर्थक र नेतृत्वकर्ता रहेका बताइएको छ ।
निमरलाई ‘साउदी अरेबियामा विदेशी चलखेल निम्त्याएको, शासकलाई अवज्ञा गरेको र सुरक्षा फौजविरुद्ध हतियार उठाएको’ अभियोगमा दोषी ठहर गरिएको उनको परिवारको सदस्यलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ ।
बहुसंख्यक सिया समुदायले सीमान्तीकरणको गुनासो गर्दै आएका बेला सन् २०१२ मा उनलाई पक्राउ गर्दा धेरै दिन मुस्लिम समुदाय रहेका मुलुकमा अशान्ति मच्चिएको थियो ।



0 comments
Write Down Your Responses