गंगापुर्ण हिमालमा ठुलो हिमपहिरो गयो ..
मनाङ, २३ पुष । आज मनाङको गंगापूर्ण हिमालमा ठुलो हिमपहिरो गएको छ । समुद्री सतहदेखि ७ हजार ४ सय ५४ मीटर अग्लो गंगापूर्ण हिमालको ठुलो मात्रामा हिउ भएको बेसक्याम्प भागबाट मनाङ गाउँतर्फ हिमपहिरो गएको छ । पूर्ण क्षतिको विवरण आउन भने बाकि छ ।
पृथ्बीको तापमान वृद्धि संगै जलवायु परिवर्तन र भर्खरै मात्र गएको महाभूकम्पका कारण हिमपहिरो गएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । यसअघि त्यस क्षेत्रमा सन् २००७ मा ठूलो हिमपहिरो गएको थियो ।
विश्व तापमानका कारण नेपालको हिमाली क्षेत्रमा हरेक बर्ष ० दशमलब ०८ र औषतमा ० दशलमब ०६ डिग्री सेल्सियसका दरले तापक्रम बृद्धि हुँदै गएको सरकारी तथ्याङ्क छ । जुन असर जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष बढ्दै गएको छ ।



0 comments
Write Down Your Responses