• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Videos » २८३ ग्याँसको सिलिन्डर सहित राजेश पक्राउ
२८३ ग्याँसको सिलिन्डर सहित राजेश पक्राउ

माघ १८, काठमाडौं । काठमाडौंबाट खाना पकाउने एलपी ग्याँसको कालोबजारी गरेको आरोपमा कपन आकाशे धाराका राजेश भारती पक्राउ परेका छन् ।

उनले संचालन गरेको रारा एडिएस इन्टरप्राइजेसबाट २५ वटा एसटिसी तथा दुई सय ५८ वटा गीता ग्याँसको सिलिन्डरसहित राजेशलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । यस्तै कलंकीस्थित गोर्खा मनकामना तरकारी तथा कृषि बजारमा रहेको उग्रचण्डी स्टोरबाट तीन सय २० लिटर पेट्रोल, ५० लिटर डिजल तथा एक सय २५ लिटर मट्टितेलसहित यशोदा बजगाँईलाई समेत पक्राउ गरेको छ ।

केहीदिन यता अपराध महाशाखाले पेट्रोलियम पदार्थको कालोबजारी गर्नेलाई पक्राउ गर्न फेरी तदारुपता देखाउन थालेको छ । सोमबार बरामद गरिएको उक्त परीणामको ग्याँस सिलिन्डरको संख्या अहिलेसम्मकै धेरै भएको महाशाखाको भनाइ छ । गएको शनिबार पनि महाशाखाको टोलीले एक हजार ६ सय ५० लिटर पेट्रोल, एक हजार एक सय ३५ लिटर डिजल र एक सय ३५ लिटर मट्टितेल विभिन्न ठाउँबाट बरामद गर्दै ६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको थियो ।

Labels: Articles, BreakingNews, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State