नेहा पुन मगर हत्यारा को हुन? किन हत्या गरे ? सबै नाली बेली सार्बजानिक भो हेर्नुहोस
| नेहा पुन को हत्यारा पोखरा न्युरोडका सतीस खड्गी |
सतीशले १८ गते राति नेहाको हत्या गरेको प्रहरी बयानका क्रममा स्वीकारेको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । ‘साँझमा साथीहरुसँग सतीश र नेहाले मदिरापान गरेका रहेछन्’ उनले भने ‘त्यसपछि सतीशले घर नजिक पुग्दैगर्दा नेहासँग यौनसम्पर्कको प्रस्ताव गरेको र नेहाले नमानेपछि हेल्मेटले टाउकोमा प्रहार गरेको बयानबाट खुल्न आएको छ । ’
१९ वर्षीया नेहाको हत्या लगत्तै कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्वी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाई प्रहरीले हत्याराको खोजी गरेको थियो । गत सोमबार बिहान घरबाट काममा निस्केकी १९ बर्षिया नेहाको शव भोलिपल्ट बिहान मंगलवार घर नजिकै भेटिएको थियो । साँझ कामवाट घर आईपुग्ने नेहा सोमबार अबेरसम्म नआएपछि रातभर उनका परिवारले नेहाको खोजी गरेका थिए ।
विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थल पुगेका थिए । पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो । पक्राउ पर्नेमा सतिश खड्गी रहेका छन् । सेक्स प्रस्ताव नमानेको झोँकमा खड्गीले हत्या गरेको प्रहरीको भनाई छ ।
नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन । खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ प्रहरी स्रोत भन्छ ।
। मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७–८ बजे फर्कने उनी माघ १८ गते साँझ नफिर्किएपछि आफन्तले खोजी गरेका थिए । माघ १९ गते विहान घर नजिकै हत्या भएको अवस्थामा नेहाको शव फेला परेको थियो ।


0 comments
Write Down Your Responses