राष्ट्रिय गानको धुन सर्जक संगीतकार अम्बर गुरुङ गम्भीर अवस्थामा
फागुन १६, हरियाणा, भारत । दक्षिण एसियाली खेलकुदको गुवाहाटी संस्करणमा नेपालको राष्ट्रिय गान बज्दा बज्दै रोकिँदा आम नेपालीको मनमा चस्का पर्यो । तर, त्यही राष्ट्रिय गानका धुन रचयिता अम्बर गुरुङ गम्भीर स्वास्थ्य उपचार क्रममा एक महिनादेखि अस्पतालमा रहेको बारे भने अधिकांश फ्यान–फलोवर ‘बेखबर’ झैँ छन् ।
खाद्य नलीमा पलाएको ट्युमरले खानपिन गर्नै मुस्किल हुन थालेपछि एक महिनाअघि हरियाणाको मेदान्त अस्पताल ल्याइएका अम्बर अहिले पनि रेडियोथेरापी युनिटमा उपचाररत छन् ।
‘निकै महँगो र जटिलतम उपचार पद्धति रहेछ, छोराछोरीले खर्च धान्दै आएका छन्,’ शुक्रबार परेको अम्बरको ७९औँ जन्मोत्सव अवसरमा शुभकामना सुनाउन सम्पर्क गरेका बेला गुरुङले अनुनयी स्वरमा भने, ‘अब कति लामो समय बसेर किमो रेडियोको साइकल पूरा हुने हो, थाहा पाउन सकेको छैन ।’अम्बरसँग अस्पतालमा उनकी छोरी अल्का बसेकी छन्, अर्का छोरा राजु आउजाउ गरिरहेका छन् । उनको अबस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses