• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, News » १७ वर्षीय विकल्पले बनाएकाे सोलार स्कुटर सञ्चालनमा
१७ वर्षीय विकल्पले बनाएकाे सोलार स्कुटर सञ्चालनमा

फागुन १०, काठमाडौँ । दमौलीका १७ वर्षीय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर सौर्य ऊर्जाबाट चल्ने स्कुटरको निर्माण गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलन मार्फत सोलार जडित स्कुटर सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताले आफ्नी आमाको नामबाट स्कुटरको नाम ‘विष्णु सोलार स्कुटर’ राखेको जानकारी दिनुभयो । 

उहाँले आफूले नयाँ काम गर्न चाहेको तर राज्यले सहज वातावरण नबनाएको भनी गुनासो पनि गर्नुभयो । सो अवसरमा विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले स्कुटरको शुभारम्भ गर्दै भविष्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सके नाकाबन्दीको मुकाबिला समेत गर्न सकिने र ढुङ्गानाजस्ता हजारौँ ऊर्जाशील युवालाई नेपालमै अध्ययन अनुसन्धान गर्ने वातावरण बन्ने भएकाले त्यसतर्फ आफू लागिपरेको बताउनुभयो ।


 अनुसन्धानकर्ता धनगढीका सुमन पौडेलले विज्ञान प्रविधिसँग सम्बन्धित विषयमा राज्य गैरजिम्मेवार रहेको गुनासो गर्नुभयो । विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको छ । यसले मौसमको जानकारी दिनाका साथै हराएमा स्थान हेर्न सकिनेछ । स्कुटर लगातार ६० किमी गुड्न सक्नेछ । रासस

Labels: Articles, BreakingNews, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State