बिमान दुर्घटना कथा:आफु मरेर पनि कसकसलाई बचाए-बच्ने को-को थिए ? फोटो फिचर
फागुन १४, काठमाडौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो । विमानमा ११ जना थिए । विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानामगर थिए ।
यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए । उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातले जानकारी दिए ।
११ जना यात्रुहरुको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेको छ भने ३ जनाको स्थिति गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना हुँदा पाइलट र को-पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।
यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिमि्रक एयरका पाइलट विनोद पुरी बताउँछन् । ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ’ पुरीले भने-‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्याण्ड गराउनु र यात्रुहरुलाई बचाउनु ठूलो सफलता हो ।’


0 comments
Write Down Your Responses