• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Entertainment, Latest Updates, News » नेपाल टेलिकमले ल्यायो यस्तो ग्राहक योजना
नेपाल टेलिकमले ल्यायो यस्तो ग्राहक योजना

माघ २२,  काठमाडौं । नेपाल टेलिकमले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकका लागि विशेष छुटको योजना सार्वजनिक गरेको छ । टेलिकमले आफ्ना ग्राहकका लागि ल्याएको छुट योजना यसप्रकार छन् ।
१. माघ २२ गतेदेखि माघ २४ गतेसम्म (तीन दिन) नेपाल टेलिकमका सबै रिचार्ज कार्ड तथा एमपीओसबाट रिचार्ज गर्दा १२ प्रतिशत बोनस पाईने छ । 
२. माघ २२ गतेदेखि माघ २९ गतेसम्म (एक हप्ता) सम्म जीएसएम(सीडीएमएम (प्रिपेड(पोस्टपेड) सेवाका ग्राहकले डाटा प्याकेज सबस्क्राइब गर्दा सोही भोल्यूम बराबरको बोनस प्राप्त गर्ने छन् । 
३. जीएसम (प्रिपेडरपोस्टपेड) सेवाका ग्राहकले हाल उपलब्ध डाटा प्याकेज खरिद नगरिकन डाटा प्रयोग गरेवापत लाग्ने विद्यमान महशुल दर एक रुपैयाँ प्रति एमबीमा १२ प्रतिशत छुट दिई यही माघ २२ गतेदेखि २९ गतेसम्म ८८ पैसा प्रतिएमबी कायम गरिएको छ । 
४.जीएसएम र सीडीएमए (प्रिपेडरपोस्टपेड) सेवामा १० रुपैयाँको एसएमएस प्याकेजमा २० वटा एसएमएस पठाउन सकिनेछ । यो एक साताका लागि मात्रै कायम रहने छ ।

Labels: Articles, Entertainment, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State