पूर्ण बहादुर थापाका नाममा नक्कली फेसबुक आईडी बनाई दुधकोशी मेडिया नक्कली भनेर हौवा फैलाउनेप्रति गम्भीर ध्यानाकर्षण
असोज २, काठमाडौं । पूर्ण बहादुर थापाका नाममा नक्कली फेसबुक आईडी बनाई दुधकोशी मेडिया नक्कली भनेर हौवा फैलाउनेप्रति हाम्रो मिडियाको गम्भीर ध्यानाकर्षण भएको छ । दुधकोशी मिडिया बिस २०७२ साल भाद्र ३१ गते कम्पनि रजिस्टारको कार्यालयमा नेपाल सरकारको कम्पनि ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम कम्पनि रजिस्टारको कार्यालय त्रिपुश्वर, काठमाडौंमा विधिवत दर्ता भएको व्यहोरा अबगत गराउन चाहन्छौं । साथै २०७२ साल अशोज १३ गते नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व बिभागमा विधिवत रुपमा स्थायी लेखा नम्बर (PAN) मा दर्ता भएको ध्यानाकर्षण गराउन चाहन्छौ ।
साथै यस मिडियाको पान नम्बर ६०३६१५०६१ रहेको पनि जानकारी गराउन चाहान्छौ । यसरी दर्ता भएर www.solukhumbuonline.com, sherpastate.com र www.eglobenews.com न्युज पोर्टल संचालनमा रहेको जानकारी गराउन चाहान्छौ ।
यसरी नेपाल सरकारको कानुन बमोजिम चलिरहेको मिडियालाई नक्कली भनि नक्कली फेसबुक बनाई गलत अफबाह फैलाउनेप्रति सच्चिन पहिलो पटक ध्यानाकर्षण गराएका छौ अन्यथा नेपाल सरकारको कानुन बमोजिम कानुनि उपचारको लागि अघाडी बढ्ने अग्रिम जानकारी गराउन चाहान्छौ ।
-प्रधान सम्पादक एबम वनर
दुधकोशी मिडिया प्रा. लि.


0 comments
Write Down Your Responses