टाक्सिन्दु र जुभिङ गा.वि.स. मा वाईफाई सेवा सञ्चालन हुने
भदौ २४/ काठमाडौं - सोलुखुम्बुको टाक्सिन्दु र जुभिङ गा.वि.स. मा वाईफाई सेवा सञ्चालन हुने भएको छ । यस क्षेत्रमा आक्टोबर महिना देखि यो सेवा सुुरु हुन लागेको हो । सेवा प्रदान गर्न एभरेष्ट लिंक नामाक इन्टरनेट सेवा प्रदायक कम्पनि र टाक्सिन्दु ७, छ्यूल्यामुका ङिमा शेर्पा बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सेप्टेम्बर महिनभित्र टावार राख्ने कार्य सम्पन्न हुने र अक्टोबर देखि सेवा दिने गरि काम तयरी गरेको ङिमा शेर्पाले बताउनुभयो । उहाँका भाई हाल अमेरिकामा बस्दै आउनुभएका कर्मा शेर्पाको अगुवाईमा यस क्षेत्रमा वाईफाई सेवा सञ्चालन हुन लागेको हो ।
विगत चार बर्षदेखि यस क्षेत्रमा ईन्टरनेट सेवा सञ्चालन गर्ने योजना बनाएका कर्मा शेर्पाले अन्तत एभरेष्ट लिंक सँगको सहकार्यमा यो सेवा सञ्चालन गर्न लागेको हो । वाईफाई सेवा सञ्चालन गर्नुको मुख्य उद्देश्य गाउँका मानिसहरुलाई सुचना प्रविधिमा पहुँच पु¥याउनु रहेको शेर्पाले बताउनुभयो ।
पहिलो चरणमा रिङमु, टाक्सिन्दु, छ्यूल्यामू र नुनथलामा डिभाईस राखि सेवा प्रदान गर्ने र पछि यसलाई अन्य ठाउँमा बिस्तार गर्दै लाने बताउनुभयो । एक ठाउँमा डिभाईस राखेपछि वरपर दुई किलोमिटर सम्म सेवा प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले न्यूनतम २० एम.वि. देखि एक जि.बि. सम्मको डाटा सेवा लिन सकिने छन । रिचार्जकाडृ खरिद गरि यो सेवा लिन सकिनेछ ।
खुम्बु क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको एभरेष्ट लिंक ले यस अघि सल्लेरी लगायत आसपासका क्षेत्रमा पनि इन्टरनेट सेवा सुरु गरेको छ ।


0 comments
Write Down Your Responses