थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा
कञ्चनपुर-जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दर्ता गरेको छ। गत शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको थरुहट थारुवान सङ्घर्ष समितिको आमसभामा घरेलु हतियारसहित सहभागी भएका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको हो।
मुद्दा दर्ता गरिएकामा बेलौरी नगरपालिका–४ बुटावरीका ३५ वर्षीय लक्ष्मण चौधरी, सोही नगरपालिका रिछाहाका १६ वर्षीय सुरेश राना र नयाँगाउँका २१ वर्षीय सुरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक केदार खनालले बताए। "तीनै जनामाथि सार्वजनिक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ" उनले भने। रासस


0 comments
Write Down Your Responses