• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Latest Updates » मध्यपश्चिमको सुरक्षाव्यवस्था कडा पार्न क्षेत्रिय प्रशासकको निर्देशन
मध्यपश्चिमको सुरक्षाव्यवस्था कडा पार्न क्षेत्रिय प्रशासकको निर्देशन

२९ भदौ, दाङ । मध्यपश्चिमका क्षेत्रिय सुरक्षा प्रमुखहरुले संविधान जारी हुने समय नजिकिएको भन्दै उच्च सुरक्षा सतर्कता अपनाउन मताहतका निकायलाई निर्देशन दिएका छन् । रिपोर्टस क्लब नेपाल दाङले मंगलवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उनीहरुले संविधान जारी हुनु अघि र पछिको सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सुरक्षा अवस्था कडा पार्न निर्देशन दिएका हुन् ।
केशव अधिकारी
केशव अधिकारी
कार्यक्रममा सहभागी क्षेत्रीय प्रशासक बिजयकुमार मल्लिकले मध्यपश्चिमका १५ वटै जिल्लाको सुरक्षाव्यवस्था सुदृढ रहेको बताए । उनले मध्यपश्चिमका तराईका जिल्लाहरु दाङ, बाँके र बर्दिया सुरक्षाका दृष्टिकोणले अति संबेदनशील रहे पनि अहिले प्रहरी नियन्त्रणमै रहेको बताए ।
मल्लिकले आन्दोलनमा घुस पैंठ हुन सक्ने भन्दै त्यसलाईसमेत नियण्त्रण गर्ने गरी प्रहरी परिचालन गरिएको बताए ।
कार्यक्रममा क्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) केशव अधिकारीले शान्ति सुरक्षामा खलल आउन नदिन प्रहरी सचेत रहेको बताए । संविधान जारी गर्ने मिति असोज तीनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न मातहतका निकायलाई निर्देशन दिएको बताए ।
अधिकारीले भने-‘प्रहरी जहिले पनि आम नागरिकको सुरक्षाका लागि संवेदनशीलताका साथ लागि परेको तर त्यसो हुँदै गर्दा प्रहरीमाथि नै आक्रमण हुन थाले प्रहरी आत्मसुरक्षाका लागि चुप लागेर बस्दैन ।’
मध्यपश्चिममा भएका आन्दोलनका क्रममा प्रहरी र सर्वसाधारण गरी ६ जनाको मृत्यु भएको अधिकारीले बताए । अधिकारीका अनुसार आन्दोलनका क्रममा ६८ जना घाइते भएको तथा ३२ वटा सवारी साधनमा तोडफोड भएको थियो । त्यस्तै ४१ वटा सरकारी र दुई वटा नीजि गरी ४३ वटा भवनमा क्षति पुगेको छ ।

Labels: Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State