• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Videos » जनकपुरमा मारिएका तीन जनालाई सहिद घोषणा गर्न सिफरिस
जनकपुरमा मारिएका तीन जनालाई सहिद घोषणा गर्न सिफरिस

२९ भदौ, जनकपुर । आन्दोलनका क्रममा जनकपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका तीन जनालाई सहिद घोषणा गर्न सिफारिस गर्ने सहमति भएको छ । यससँगै मृतकको शव बुझ्न र अन्तिम संस्कार गर्न आन्दोलनकारी सहमत भएका छन् ।

आइतबार राति अबेर सहमति भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसााद काफ्लेले अनलाइनखबरलाई जानकारी दिए । उनले भने-‘परिवारलाई आर्थिक सहायता, घाइतेका उपचार र मृतकलाई सहिद घोषणा गर्न सिफारिस गर्ने निर्णय भएको छ ।’
जिल्लाको सिफारिस मन्त्रिपरिषद्लेे पास गर्नु पर्ने हुन्छ । त्यस अनुसार निर्णय भए परिवारले १० लाख आर्थिक सहायता पाउँछन् ।
यो सहमतिसँगै पीडित परिवार र आन्दोलनकारीहरु शव बुझ्न र अन्तिम संस्कार गर्न सहमत भएका छन् ।
मधेस आन्दोलनका क्रममा २५ गते जनकपुर क्षेत्रमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर संजय चौधरी, निकु यादव र दिलिप यादवको मृत्यु भएको थियो । मृतक मध्ये संजय चौधरी सद्भावना पार्टीका जिल्लास्तरीय नेता हुन् ।

Labels: Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State