• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
InterViews » अर्गानिकको रहस्य
अर्गानिकको रहस्य

बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन्।अर्गानिकको रहस्य
दुर्भाग्यवश, यी रसायनहरूले पानी, वायु र माटोलाई विषयुक्त बनाएका छन्। अनावश्यक र उपयोगी नहुने जीवलाई मार्नका लागि प्रयोग हुने कीटनाशक, स्टेरोइड, हर्मोन, एन्टिबायोटिक र हर्बिसाइडहरू हामीले खाने खानामा पनि रहने गरेका छन्। यस्ता रसायनले हामीलाई क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन्। यस्तै कारणले पनि अर्गानिक खानेकुराहरू पुनः चर्चित हुँदै गइरहेका छन्।

अर्गानिकमा के हुन्छ?

अर्गानिक हुनका लागि अर्गानिक बालीले संयुक्त राज्यको कृषि विभागले कायम गरेको मापदण्ड पूरा गरेको हुनुपर्छ। यी मापदण्डमा सबै बालीहरू सिन्थेटिक कीटनाशक, कृत्रिम मल, विकिरण र बायोटेक्नोलोजीको प्रयोग नगरी उत्पादन गरिएको हुनुपर्छ।

अर्कोतर्फ, एन्टिबायोटिक वा सिन्थेटिक वृद्धि हर्मोनको प्रयोग नगरी जनावर हुर्काइएमा पशुजन्य उत्पादनहरू अर्गानिक मानिन्छन्। यी पशुहरू बन्द ठाउँमा नभई बाहिरी खुला स्थानमा चराइएको हुनुपर्छ।

उत्तम अर्गानिक फलफूलहरू

केही स्वास्थ्य विशेषज्ञहरूले अर्गानिक तरिकाले उब्जाइएका अन्न र पशुहरू रसायन भएका बाली वा मासुभन्दा राम्रो उत्पादन हुने विश्वास गर्छन्। केही खानेकुराहरू अर्गानिक रूपमा किन्नुपर्दैन तर अरूका लागि भने तपाईंले अर्गानिक चिह्न लागेको खोज्नुपर्छ। यी उत्पादनहरूमा उच्च मात्रामा कीटनाशक विषादीको प्रयोग गरिएको हुन्छः
• स्याउ
• अंगुर
• स्टबेरी
• आरु
• साग
• चेरी टमाटरहरू
• आलु
• आयातित केराउहरू
• काँक्रो
• गुलियो र पीरो मरिचहरू
यी उत्पादनहरूमा उच्च मात्रामा रसायन हुने भएकाले तपाईंले अर्गानिक हिसावले उत्पादन गरिएका बालीहरू किन्नुपर्छ। अर्कोतर्फ, यी फलफूल र तरकारीमा निकै कम मात्रामा कीटनाशक विषादी र रसायन हुन्छन्ः
• प्याज
• भुइँकटर
• अन्न
• एभोकाडो
• आँप
• किवी
• बन्दा
• मेवा
• केरा
• काउली
• ब्रोकाउली
• खरबुजा
न्यून मात्रामा कीटनाशक विषादी रहेका फलफूल र तरकारीको विशेषता भनेको तिनीहरूको बोक्रा छुटाउन सकिन्छ। उत्पादन गरिएका यस्ता कुराहरूमा रसायनहरू भित्रैसम्म नजाने भएकाले तपाईंले राम्रो भाग पाउनका लागि फलफूल र तरकारीको बोक्रा निकाल्न सक्नुहुन्छ। राम्रो भाग रसायनसँग अलिकति पनि मिसिएको हुँदैन।
अर्गानिकका फाइदा

न्युन मात्रामा रसायन

बालीहरूमा रसायनको प्रयोग नभएकोले उत्पादनहरू अर्गानिक हुन्छन् र मासुमा रसायन मिसिएको हुँदैन। अध्ययनहरूले बालीमा प्रयोग भएका रसायनहरूले मेटाबोलिक समस्या, हर्मोनल समस्या र क्यान्सरजस्ता विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न हुन सक्छन्।

जीएमओ नहुने
अर्गानिक रूपमा उत्पादन भएका बालीहरू र मासुहरू जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म अर्थात् जीएमओबाट बनेका हुँदैनन्। जीएमओहरू खानेकुराको परिवर्तित रूप हुन्। यो प्रविधि भनेको अन्नको उत्पादन बढाउने र खानेकुराको अभाव हुनबाट जोगाउने हो। दुर्भाग्यवश, प्रविधी आफै व्यापक रुपमा बुझिएको छैन र यसबाट हुने स्वास्थ्य जोखिम पनि बुझिएको छैन। प्रकृतिमा प्राकृतिक रुपमा उत्पादन नभएको कुनै पनि कुरा खानका लागि सुरक्षित ठानिनु हुँदैन।

राम्रो गुणस्तर
अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुहरू पोषिलो हुने मात्र होइन, रसायनको कमीले गर्दा राम्रो गुणस्तरका पनि हुन्छन्। विभिन्न खाले हर्मोन र एन्टिबायोटिकको प्रयोग गरी हुर्काइएका पशुहरू अर्गानिक हिसाबले खुला रूपमा हुर्काइएका पशुहरूको तुलनामा धेरै तनावमा हुन्छन्। यसले मासुको गुणस्तरमा पनि निकै फरक पार्न सक्छ। यही कुरा अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल र तरकारीमा पनि लागू हुन्छ।

वातावरणमैत्री
अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुजन्य उत्पादन वातावरणमैत्री पनि हुन्छन् किनभने ती खानेकुरा उत्पादन गर्न र वृद्धि गराउनका लागि कुनै पनि रसायनको प्रयोग गरिएको हुँदैन। कीटनाशक विषादी, हर्बिसाइड्स, र हर्मोनहरूले कृषि र वातावरणजन्य नोक्सानी हुने गरी नदी, माटो र हावालाई दूषित बनाउन सक्छन्।

Labels: InterViews

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State