• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Politics » तीन चर्चमा बम, एउटा विस्फोट हुँदा तीन प्रहरी घाइते
तीन चर्चमा बम, एउटा विस्फोट हुँदा तीन प्रहरी घाइते

भद्रपुर—झापाको तीन बेग्लाबेग्लै स्थानमा राखिएको तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयबाट प्राप्त जानकारीअनुसार बम गौरादहको चर्च, दमकको चर्च र सुरुङ्गाको चर्चमा राखिएको थियो।गौरादहको बम अहिलेसम्म निष्क्रिय नभएको प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए। दमकको चर्चमा राखिएको बम गएराति ११:३० बजे विष्फोट भएको थियो । विष्फोटबाट चर्च र मानवीय क्षति नभएको उपरीक्षक ज्ञवालीले जानकारी दिए। यसैगरी सुरुङ्गाको चर्चमा राखिएको बमलाई निस्क्रिय गर्ने क्रममा सुरुङ्गा प्रहरी चौकीकै परिसरमा आज बिहान ७ः४० बजे भएको विष्फोटबाट प्रहरी सहायक निरीक्षक बेदनाथ यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल सामान्य घाइते भई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ। घाइते खतरामुक्त रहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए। घटनाका विषयमा र बम कसले राखेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बताएको छ । रासस

Labels: Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State