• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Tourism » के तपाईको मोबाईलमा भाईरस छ ? हटाउनलाई यी उपाय लगाउनुहोस
के तपाईको मोबाईलमा भाईरस छ ? हटाउनलाई यी उपाय लगाउनुहोस

एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ।
यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटाहरु सबै काम नलाग्ने बनाउन सक्छन्। त्यसैले आफ्नो मोबाइलमा भाइरस पसेको छ भन्ने लागेमा त्यसलाई हटाउनुपर्छ।
एन्ड्रोइड अपरेटिङ सिस्टमसँग जोडिएका केही सजिला स्टेपहरु रहेका छन् जसले आफ्नो डिभाइसको भाइरस हटाउन मद्दत गर्छ।
१. स्मार्टफोलाई सेफ मोडमा रिबुट गर्नेः
यसरी सेफ मोडमा रिबुट गर्दा थर्ड पार्टी एप्ससँग रन भइरहेका भाइरस हो सिध बन्द हुन्छन्। यदि मोबाइलमा सेफ मोड रिबुट अप्सन छैन भने पावर बटनलाई केही बेरसम्म थिचिराख्दा रिबुटको अप्सन आउँछ।
२. डिभाइस सेटिङः
स्मार्टफोन वा ट्याबलेट रिस्टार्ट भएपछि सबैभन्दा पहिले डिभाइस सेटिङमा जाने र एप्सको अप्सन खोल्ने। यहाँ डिभाइसमा भएका सबै एप्स आउँछन्। यहाँ कुनै एपहरु रन भएका हुँदैनन्। यहाँ भाइरस भएमा भाइरस भने रन मोडमा रहेका हुन्छन्।
३. मलिसियस एप अनस्टल गर्नेः
यो एप लिस्टमा भाइरस भेटिएमा त्यसलाई सबैभन्दा पहिले अन्स्टल गर्ने र त्यसपछि रिमुभ गर्ने। यदि भाइरसवाला एपमा अनस्टलको अप्सन छैन भने डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा जानुपर्ने हुन्छ।
४. डिभाइस एड्मिनिस्ट्रेटरः
डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा गएपछि एड्मिनिस्ट्रेटर स्टाटसमा इनस्टल एपको पुरै लिस्ट आउँछ। यसबाट आफुलाई जुन एप नचाहिने हो त्यसलाई अनस्टल गरिदिने। यसका लागि स्क्रिनमा भएको विन्डोमा डिएक्टिभेटको अप्सन छान्नुपर्ने हुन्छ।
५. नमएल मोडमा रिस्टार्ट गर्नेः
आफुलाई नचाहिने सबै एपहरु हटाएपछि आफ्नो स्मार्टफोन वा ट्याबलेटलाई फेरि नर्मल मोडमा रिस्टार्ट गर्ने। यति गरेपछि डिभाइस सेफ मोडमा आउँछ  र भएको भाइरस पनि हटेर जान्छ।

Labels: Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State