• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Sports » नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटमा छनौट
नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटमा छनौट

काठमाडौं, ५ कात्तिक । नेपाल अन्डर नाइन्टिन आइसिसी विश्वकप क्रिकेटका लागि छनौट भएको छ । फाइनलमा विहिबार आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपालले अर्को वर्ष बंगलादेशमा हुन अन्डर नाइन्टिन विश्वकपको यात्रा सुनिश्चित गरेको हो । एक सय ८५ रनको लक्ष्य नेपालले ४६ ओभर २ बलमा ७ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि सुनिल धमलाले ४७, राजु रिजालले ३५, दिपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रन बनाए । यस्तै राजवीर सिंह र सौरभ खनालले समान १६ रन बनाए । नेपालले कुनै रन नजोड्दा १ विकेट थियो । बुधबार भएको खेलमा नेपालका लागि सबैभन्दा बढी ८५ रन बनाएका सन्दिप सुनार बिहीबार शुन्य रनमै आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ८४ रन बनाएको थियो । नेपालका ललित राजवंशीले ४, आरिफ शेखले ३ तथा दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए । प्रतियोगितामा नेपाल अपराजित रह्यो ।
यसैबीच, अन्डर नाइन्टिन विश्वकप क्रिकेट छनौट प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई ३ विकेटले जितेर आगामी वर्ष बङ्गलादेशमा हुने अन्डरनाइन्टिन क्रिकेटको विश्वकपका लागि छनौट भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई हार्दिक बधाईँ ज्ञापन गरेका हुन्।

Labels: Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State