• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, international news » भारतले नेपालमाथि हवाई फायर गरियो दर्जनौ नेपाली घाइते साथसाथै बाइकमा आगजनी
भारतले नेपालमाथि हवाई फायर गरियो दर्जनौ नेपाली घाइते साथसाथै बाइकमा आगजनी


वीरगन्ज : वीरगन्जको पिपरामा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप हुँदा  प्रहरीले १५ राउण्ड अश्रु ग्याँस र २४ राउण्ड हवाइ फायर गरेको छ ।

प्रहरीले सानो पिपरा र ठूलो पिपपरा दुबै टोलको घर घरमा पसेर स्थानीयलाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।

झडपका क्रममा प्रहरीले ठुलो पिपरा टोलबाट तीनजना स्थानीय युवकहरुलाई नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पेट्रोल र डिजेल ओसार्ने सवारी साधनलाई रोक्न सानो पिपरा चोकमा बसेका स्थानीय युवकहरु र प्रहरीबीच झडप भएको हो ।

वीरगन्जबाट ग्यालेनमा पेट्राल लिएर जाँदै गरेको  ना १२ प ४९७४ नम्बरको मोटरसाइकललाई स्थानीय युवकहरुले रोक्ने क्रममा उक्त मोटरसाइकलकै ठक्क्रबाट सानो पिपराका अवधेश पटेलको खुटटा भाँच्चिएपछि आक्रोशीत स्थानीयवासीले चालकलाई कुटपिट गर्दै मोटरसाइकलमा तोडफोड गरेका थिए ।

चालक कुट्नेहरुलाई खोज्ने क्रममा गाँउमा पसेको प्रहरीले घरघरमा पसेर कुट्न थालेपछि  स्थानीयबासीले  पनि प्रहरीमाथि ढुगामुढा गर्दा प्रहरीले अश्रु ग्याँस र हवाइ फायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तर पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने स्थानीय केही युवकहरुले मोटरसाइकलमा तोडफोड र आगजनी गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी माथि नै ढुंगामुढा प्रहार भएपछि स्थिती नियन्त्रणमा लिनका लागि १०-१२ राउण्ड हवाइ फायर र केही राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको बताए ।

आन्दोलनकारीको ढुंगामुढा प्रहारबाट प्रहरी नायव निरीक्षकसहित पाँच जना सुरक्षाकर्मी घाइते पनि भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका पटेलको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच वीरगन्जको पिपरामा आइतवार बिहान स्थानीयवासीको समुहले एउटा मोटरसाइकलमा आगजनी गरेको छ ।

वीरगन्ज चिनी मीलस्थित पिपरा चोकमा बिहान आठ बजे स्थानीयवासीले ना १३ प १०१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् ।

आगजनीबाट मोटरसाइकल जलेर पुर्ण रुपमा ध्वस्त भएको छ । आगजनी गरिएको मोटरसाइकल  वीरगंज १ छपकैया निवासी सागिर अन्सारीको रहेको बताइएको छ ।

मोटरसाइकलमा आगजनी गर्ने क्रममा मोटरसाइकल चालक अन्सारीको खुटटा आगोले पालेको छ ।  पिपरामा शनिवार राति प्रहरीले घर घरमा पसेर कुटपिट गर्नुका साथै गोली चलाएको आक्रोशमा पिपरामा आइतवार बिहान स्थानीयवासीले मोटरसाइकलमा आगजनी गरेका हुन् ।

Labels: Articles, international news

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State