अख्तियारको आँखा ट्रान्सफरमा- निरीक्षण गर्न निस्किए ....
काठमाडौं, ११ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारम्बार फेर्दा पनि पद्किएर हैरान बनाएका पड्किएका ट्रान्सफर्मको निरिक्षण सुरु गरेको छ । बजारमा इन्धन अभावका कारण इन्धनको सबै परिपूर्ति बिजुलीबाटै पुरा गर्नु पर्ने बाध्यतामा रहेका सर्वसाधारण दैनिकजसो बिजुलीका ट्रान्सर्फमर पड्किएपछि अधिराज्य भर जनताहरु ठुलो समस्या भोगिरहेका छन् ।
ट्रान्सर्फमरको गुणस्तर जाँच गर्न अख्तियारमा उजुरी परेपछी शनिबारबाट अख्तियारको विषेश टोलीले निरिक्षणमा गर्न निस्किएको हो । अख्तियारको टोलीले राजधानीका विभिन्न स्थानमा पड्किएका ट्रान्सर्फमको स्थलगत निरिक्षण गरी गुणस्तर बारे आबस्यक छानविन गर्ने बताइएको छ ।
भारतले नाकाबन्दी लगाएपछि पेट्रोल तथा ग्यासको चरम अभाव सिर्जना भई विद्युतको माग अप्रत्यासितरुपमा बढेपछि नेपाल विद्युत प्राधिकरणका ट्रान्सर्फमरहरु धमाधम पड्नि थालेका हुन् ।
हालसम्म साँढे ५ सय ट्रान्सर्फमर पड्किएको र त्यसबाट राज्यलाई ३५ करोड रुपैयाँ भन्दा बढी आर्थिक क्षति भएको उर्जा मन्त्रालयले जनाएको छ ।



0 comments
Write Down Your Responses