आठौँ आश्चर्य-तराईमा भैंसीले पनि सरकार बिरुद्ध आन्दोलन गर्ने ..
काठमाडौं, ११ पुस । तराई मधेशमा आन्दोलनरतमध्ये शरदसिंह भण्डारी र जेपी गुप्तासहितको संघीय समावेशी मधेसी गठवन्धनले केपी सरकारको बिरुद्धमा ठुलो भैंसी जुलुस निकाल्ने भएको छ । आफ्ना बिगतका सम्झौता र नौं बुदे माग सम्बोधन नभएको भन्दै गठबन्धनले यस्तो आश्चर्य जनक निर्णय गरेको हो ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन हात्तीको देखाउने दांत मात्र भएको र यसले मधेस लगायत आदिबासी जनजाति दलित उत्पीडित महिलाहरुको आन्दोलनको माग पुरा नगर्ने भन्दै गठबन्धनले मधेस आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने समेत बताएको छ ।
गठवन्धने बृहत मधेसी महागठवन्धन एबम आन्दोलन ससक्त र निर्णायक बनाउन लागि १४ गते दबावमुलक अन्तरक्रिया कार्यक्रम एबम भैसी जुलुस गर्ने निर्णय गरेको छ ।
बिराटनगरमा बसेको मधेसी गठवन्धनको बैठकले भोलि तराईका सबै जिल्लामा भैंसी जुलुस प्रदर्शन गर्दै भैंसीलाई नै ज्ञापन पत्र समत बुझाइने गठवन्धनले जनाएको छ । ‘यो प्रतिकात्मक कार्यक्रमको उद्देश्य हालसम्म वेवास्ता हुनु भनेको भैंसीका सामुन्ने बीन बाजा बजाउनु सरह भएको देखाउनु हो’ तराई मधेस राष्ट्रिय अभियानका संयोजक एवं मोर्चाका नेता जेपी गुप्ताले भनेका छन् ।


0 comments
Write Down Your Responses