• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Latest Updates, News, Photo » चिसोको कारण दोलखामा २४ भूकम्प पीडितको मृत्यु
चिसोको कारण दोलखामा २४ भूकम्प पीडितको मृत्यु


पुस १७, काठमाडौं, अत्यधिक चिसोका कारण कठ्याँग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २९ जना भूकम्पपीडितको मृत्यु भएको छ । मंसिर दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् भने  केही युवाको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
उनीहरुमध्ये ३० वर्षमुनिका दुई जना छन् भने बाँकी ५० वर्षभन्दा माथिको उमेर समूहका छन् । उनीहरु सबै भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका थिए । दीर्घरोगी, दमगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी तथा चिसोका कारण ज्वरो, रुघाखोकी र निमोनियाका धेरै बिरामीको ज्यान गएको हो ।
सुन्द्रावती गाविसमा चार, फस्कु  मागापाैवा र सुनखानीमा तीन-तीन, खोपाचागु, झुले, भुसाफेदा र बाबरेमा दुर्इ-दुर्इ तथा लाकुरीडाँडा, ताम्चेल दूधपोखरी र हावा गाविसमा एक-एक जनाकझ मृत्यु भएको छ । 

Labels: Articles, BreakingNews, Latest Updates, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State