• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Health, Latest Updates, News » तपाई कति वर्ष बाँच्ने, थुकबाट थाहा हुने भएको छ ...
तपाई कति वर्ष बाँच्ने, थुकबाट थाहा हुने भएको छ ...

पुस १७, काठमाडौं, कुनै पनि मानिसको मृत्यु कति समयपछि हुन्छ भन्ने पत्ता लगाउने सजिलो विधी पत्ता लगाएको दावी बैज्ञानिकहरुले गरेका छन् । मुखबाट निस्किने र्‍याल (थुक) बाट मान्छेको आयुबारे अनुमान गर्न सकिने उनीहरुको भनाइ छ । 

बैज्ञानिकहरुले हालै गरेको शोधमा मानिसको जीवन र मृत्युको बारेमा थुकबाट भन्न सकिने पत्ता लागेको हो । मानिसको आयु कम हुँदै जाँदा शरीरमा एन्टीबडी घटिरहेको हुन्छ । थुकबाटै मानिसको स्वास्थ्य अवस्था र सम्भावित मृत्युबारे समेत भविष्यवाणी गर्न सकिने बैज्ञानिकहरुको भनाइ छ ।

करिव ७०० जना बयस्क मानिसहरुमाझ गरिएको यो अध्यन सन् १९९५ मा शुरु भएर १९ वर्ष पछि सकिएको थियो । अध्यन गरिएका मानिसहरुमा मृत्यु हुने समयमा (Secretory Immune Globin A) (IgA) एन्टीबडीको स्तर घटिरहेको पाइयो ।बेलायतको बर्मिङ्घम विश्वविद्यालयका डाक्टर फिलिप्सले बताए अनुसार शरीरमा जति बढी एन्टीबढी उत्पादन हुन्छ र यसलाई कायम राख्न सकिन्छ त्यसबाट मानिसको स्वास्थ्य र आयु समेत निर्धारित हुन्छ । यस्ता कुरामा पुरै नियन्त्रण गर्न नसकिएपनि तनाव, भोजन, शारीरिक अभ्यास, मदिरा सेवन जस्ता कुराले शरीरमा एन्टीबडीको निर्माणमा असर पर्ने बताइन्छ । शरीरमा हुने एन्टिबडीले रोगसँग लड्ने काम गर्छ । यो सेता रंगका कोशिकाबाट निर्मित हुन्छ । 
यो शोध PLOS One जर्नलमा प्रकाशित गरिएको छ । एजेन्सी ।

Labels: Articles, BreakingNews, Health, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State