भ्रामक समाचार सम्प्रेषणविरुद्ध प्रेस काउन्सिलमा धर्ना
काठमाडौं, पुस ५ । नेपालका रास्ट्रीय मूलधारका सबै मिडियाबाट मधेसी र थारु समुदायसँगै सबै आन्दोलनकारीविरुद्ध भएको भ्रामक समाचार सम्प्रेषणविरुद्ध आज प्रेस काउन्सिलमा धर्ना दिइएको छ ।
नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियानको आह्वानमा भएको धर्नामा ‘सही सूचना सम्प्रेषण गर’ भन्ने मूल नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
अभियानका संयोजक अर्जुन महर्जनका अनुसार मूलधारका मिडियामा मधेसी र जनजाति आन्दोलनबारे एकपक्षीय र भ्रामक समाचारको सम्प्रेषण भएको, आदिबासी जनजाति थारु, महिला, मुस्लिम, दलित पिछाडाहरुको अधिकारका लागि भईरहेको आन्दोलनलाई रास्ट्रीय भन्ने मेडियाले वास्ता नगरेको, संघीयताको विरुद्धमा मात्र समाचार सम्प्रेसन गरेको बारे प्रेस काउन्सिलको ध्यानाकर्षणका लागि धर्ना कार्यक्रम आयोजना गरिएको हो ।
नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियानले पुस ९ गते वैदेशिक नियोग, दूतावास, दातृनिकायलाई देशको वास्तविकता जानकारी गराउने, पुस ११ गते काठमाडौं उपत्यकाभित्र गाउँ र टोलमा विभिन्न गतिविधिसँगै कोणसभा गर्दै पुस २७ गते पहिलो चरणको अभियान चलाइने जनाएको छ ।
ई समता




0 comments
Write Down Your Responses