• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » केपी सरकारले भागबण्डा पुर्याउन मन्त्रालय टुक्रायो
केपी सरकारले भागबण्डा पुर्याउन मन्त्रालय टुक्रायो

पुस ९, काठमाडौं- सत्ता टिकाउनकै निम्ति ६/६ जना उपप्रधानमन्त्रीहरु बनाएर सत्ता टिकाउने खेलको आरोप खेपी रहेको सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फेरी भागबण्डाकै निम्ति फुटाएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जनसंख्यालाई टुक्राएको छ । दलहरुवीच पदीय भागवण्डा मिलाउने उद्देश्यले सरकारले ठूला मन्त्रालयहरु फुटाउने निर्णय गरेको हो । सरकारमा चार नयाँ दल सहभागी हुने भएपछि मन्त्रालय टुक्रयाइएको बताइएको छ । स्वास्थ्य मन्त्रालयबाट झिकिएको जनसंख्यालाई वातावरण मिलाएर नयाँ जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ । सरकारले विज्ञान, प्रविधि तथा वातावरणबाट वातावरण झिकेर नयाँ मन्त्रालय जनसंख्या तथा वातावरण बनाइएको हो । यसैगरी, सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाई तथा खानेपानी मन्त्रालय बनाइएको छ । अझै पनि अरु मन्त्रालय पनि फुटाउने आन्तरिक खेल भईरहेको स्रोतले जनाएको छ ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State