• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health » काठमाडौंमा ७ प्रतिशतको मृगौला पूर्ण रुपमा खराब
काठमाडौंमा ७ प्रतिशतको मृगौला पूर्ण रुपमा खराब

काठमाडौं, मंसिर २३ । एक अध्ययनका अनुसार काठमाडौं उपत्यकामा बस्नेहरु मध्य सात प्रतिशतको मृगौला फेल भएको छ । काठमाडौं उपत्यकामा नेपाल किड्नी फाउण्डेसन र अमेरिकाको ब्रिज अफ लाईफ नामक संस्थाले गरेको अध्ययन अनुसार सात प्रतिशतको मृगौला फेल भएसक्दा पनि मृगौला रोगीहरुले यस विषयमा थाहा पाएका छैनन् ।
अध्ययनका क्रममा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका दुई हजार तीन सय व्यक्तिको स्वास्थ्य परिक्षण गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका सस्थापक अध्यक्ष डा. शक्ति बस्नेतले मृगौला रोग खर्चिलो भएकोले यसको उपचार भन्दा पनि पहिला नै लाग्न नदिने तर्फ लाग्नु पर्ने सुझाव दिए । आफूहरुको परिक्षणको नतिजा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको उनको भनाइ छ ।
ब्रीज अफ लाईफ अमेरिकाकी कार्यक्रम संयोजक केरी स्याण्डरले मृगौला रोग खर्चिलो भएकोले यसको उपचार भन्दा पनि जनचेतना प्रभावकारी हुने भन्दै रोग लागिसकेकाको उपचारका लागि नेपालमा डाईलोसिस क्षमता बढाएर सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

Labels: Articles, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State