• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Health, News » जंगलमा लगेर सामूहिक बलात्कार गर्ने ३ युवक पक्राउ
जंगलमा लगेर सामूहिक बलात्कार गर्ने ३ युवक पक्राउ

मंसिर २३ ।  जाजरकोट—तरङ्गा गाविस–५ घर भएकी १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गर्ने सुर्खेत वीरेन्द्रनगरका तीन युवकलाई प्रहरीले आज पक्राउ गरेको छ।
आइतबार सुर्खेत बसपार्कबाट जिपको टिकट काटेर घर जान लागेकी ती युवतीलाई तीन युवकले घर पुर्या इदिने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेको र काँक्रेविहारको जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको रहस्य खुलेपछि उनीहरूलाई प्र्र्र्रहरीले पक्राउ गरेको हो।

काँक्रेविहारको जङ्गलमा बलात्कार गरेपछि पीडित युवतीलाई पुनः सुर्खेत वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा लगेर बलात्कार गरेपछि त्यही छोडेर भागेका थिए। पीडित युवतीले किटानी जाहेरी दिएपछि बलात्कारमा संलग्न तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार बलात्कारको आरोपमा वीरेन्द्रनगर–१ का ३० वर्षीय टोपबहादुर गुरुङ, ३१ वर्षीय विनोद जिसी र ३१ वर्षकै शेरबहादुर केसीलाई पक्राउ गरिएको छ।

अदालतबाट म्याद थप गरेर तीनैजनालाई हिरासतमा राखिएको छ । रासस

Labels: Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State