गाईको मुत्र एबम गोबर अनलाइन मार्फत बिक्री शुरु .....
काठमाडौं, १५ पुष । गाईको मुत्र, गोबर, दूध, दही घ्यू हिन्दू संस्कार, पाठपुजा, कर्म धर्ममा अति आवश्यक पर्छ । हिन्दूधर्मलम्वी बसेका मुलुकमा यो जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्नका लागि गौमूत्र एबम गोबर आवश्यक पर्छ ।
गाईको गोबरबाट बनेको गुइँठाको एबम पुजाआजाका लागि माग पनि बढ्न थालेको छ । गाईको मुत्र, गोबर, दूध, दही घ्यूको ebay.in नामक सपिंग अनलाइन मार्फत बिक्री पनि हुने गरेको बताइएको छ ।
यस्तै भारतमा हवन पूजाका लागि पनि गाईको गोबरबाट बनेको गुइँठाको प्रयोग गरिन्छ । लोकल गाईको गौमूत्र देखि सबै चीजको माग र ebay.in अनलाइन बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
लोकल गाईको गोबरबाट बनेको गुइँठाले यज्ञ गर्दा त्यस आसपासका क्षेत्रमा मानिसलाई अत्यावश्यकीय अक्सिजनको मात्रा बढ्ने दावी गरिएको छ ।
जापान, अष्ट्रेलिया र हंगेरीका वैज्ञानिकले लोकल गाईको गोबरबाट बनेको गुइँठा र घ्यूबाट यज्ञको अध्ययन गरेको र उक्त कुरा पत्ता लगाएको भन्दै भारतीय अनलाइन पत्रिका हिन्दीन्यूजले समाचार प्रकाशित गरेको छ । उक्त कुरा पत्ता लागेसँगै गुइँठाको विक्री सुरु भएको जनाइएको छ ।
http://www.ebay.in/sch/i.html?_from=R40&_trksid=p2050601.m570.l1313.TR0.TRC0.H0.Xcow+urine.TRS0&_nkw=cow+urine&_sacat=0
एजेन्सी
http://www.ebay.in/sch/i.html?_from=R40&_trksid=p2050601.m570.l1313.TR0.TRC0.H0.Xcow+urine.TRS0&_nkw=cow+urine&_sacat=0
एजेन्सी



0 comments
Write Down Your Responses