• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, News, Politics » मधेशी मोर्चाद्वारा हतियार सहित प्रदर्शन, काँग्रेस पार्टी कार्यालयमा आगजनी
मधेशी मोर्चाद्वारा हतियार सहित प्रदर्शन, काँग्रेस पार्टी कार्यालयमा आगजनी

पुस १५, कलैया, बारा, मदेशी मोर्चाले कलैयामा बुधवार बिशाल लाठी जुलुस प्रदर्शन गरेको छ । गाउँगाउँबाट आएका हजारौं मोर्चाका कार्यकर्ताले कलैया नगरमा घरेलु हातहतियार, लाठी सहित बिशाल प्रदर्शन गरेका हुन। मधेस आन्दोलनको माग तत्काल सम्बोधन गर भन्दै सबैले हातहातमा लठी, भाटा र धारिलो हतियार खुकुरी, भला र लठीगडाँस बोकेर नगर परिक्रमा समेत गरेका थिए। 

कलैयाको सिद्धेश्वर र श्री ३ श्री चन्द्र माविमा भेला भई देवकोटा चोक हुँदै अदालत रोडबाट बरियारपुर रोड हुँदै भरतचोकमा पुगेका थिए। भरत चोकबाट प्रदर्शनकारीहरु कलैया वीरगन्ज सडकको भरतचोकदेखि बाल मन्दिरसम्म प्रहरी र प्रशासन कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए। 

मधेसी मोर्चाको कार्यकर्ताले बुधवार कलैयाको मोतीवाग स्थित नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुको साथै आगजनी गरेका छन्। मोर्चा आक्रमणबाट भवनको मुख्य प्रवेशद्वारमा क्षति भएको छ भने कार्यालय परिसरमा रहेको विश्वेश्वर कोइरालाको शालिकलाई समेत तोडफोड गरेको प्रहरीले जनाएको छ। कार्यालयभित्र प्रवेश गरी फर्निचर लगायतका कागजपत्रहरु समेत जलाइएको प्रहरीले जनायो। 

प्रहरीले पार्टी कार्यालयलाई प्रदर्शनकारीहरु को आक्रमणबाट बचाउनको लागि ४ राउन्ड हवाईफाएर गर्नुको साथै ३ राउन्ज अश्रुग्यास समेत प्रहार गरेको प्रहरीले जनाएको छ।

Labels: BreakingNews, Latest Updates, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State