• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, Latest Updates » तपाईको दाम्पत्य जीवनमा आत्मीय सुख छैनकि उसो भए अपनाउनुस यी उपाएहरु...
तपाईको दाम्पत्य जीवनमा आत्मीय सुख छैनकि उसो भए अपनाउनुस यी उपाएहरु...

पुस १०, काठमाडौं, आजभोली प्रेमी प्रेमिका वा पति र पत्नीबीचको ब्रेकअप सामान्य बनेको छ । बढ्दो असमझधारीका कारण एउटै घरका दम्पत्ती पनि टाढाको साथी जस्तै गरी दिन बिताएका धेरै उदाहरण हामीले देखेका छौँ । कतै तपार्इँ यौन सन्तुष्टि बिनाको दाम्पत्य जीवन त बिताउनु भएको छैन ? 
तपार्इँले सेक्स गर्नु भएन कि ? 
तपार्इँले आफ्नो पार्टनरसँग सेक्स गरेको सम्झन सक्नुहुन्न वा तपाईँले विशेष अवसर जस्तै जन्मोत्सव, विदा, बार्षिकीमा मात्र सेक्स गर्नुहुन्छ भने यो दाम्पत्य जीवनको शुभ संकेत होइन । सायद महिनौंदेखि वा वर्षाैंदेखि सेक्स नभएको हुन सक्छ । ‘तर जति लामो सेक्स ग्याप हुन्छ त्यति जटिल सेक्स जीवन हुन्छ,’ सेक्सोलोजिस्ट टामी नेल्सन भन्छन्, ‘लामो समय सेक्स गर्नु भएन भने बायोलोजिकल्ली तपाईँलाई उत्तेजित पार्ने यौन हर्मन उत्पदन गर्न शरिरले छोड्छ त्यसपछि त यौनबारे तपाईँको रुची निकै घट्न थाल्छ ।’ अब कसरी यौन जीवनलाई फर्काउने ? नियमित सेक्स गर्नुहोस् । ‘नियमित यौन गतिबिधि गर्नाले तपाईँको यौनजीवन पनि सामान्यतर्फ फर्किन्छ,’ उनी भन्छिन् । ‘जति तपाईँ सेक्स गर्नुहुन्छ, त्यति नै तपाईँलाई इच्छा हुन्छ,’ उनी थप्छिन्, ‘सेक्स त इन्जिन जस्तै हो जति गर्यो त्यति तात्दछ, जति तात्यो त्यति नै निखार आउँछ ।’ 
तपार्इँले एक आपसलाई छुनु भएको छैन कि ?
निष्क्रिय यौन जीवन त्यागिदिनुहोस् । तपाईँले आजभोली स्पर्श पनि गर्नु भएको छैन् कि ? सुरुका समयमा गरेका यौन रासलिलाको स्वाद सधैभर टिक्दैन । समय समयमा यसलाई नविकरण गरिरहनुपर्छ । किनकी जसरी दैनिक भोजनको आवश्यकता पर्छ, त्यस्तै सेक्सको पनि आवश्यकता पर्छ, तथापी केही धार्मिक संस्कार र बुर्जुवाहरुले यसलाई दबाउने शिक्षा दिएका छन् । साता लामो विदामा कतै तपार्इँ एक्लै जाँदा तपार्इँले आफ्नो पार्टनरलाई अंगालोमा बेर्न चुक्न भएको छ । तसर्थ भेट हुनेबित्तिकै एक अर्कालाई माया गर्न नभुल्नुहोस् ‘मैनबत्ती बालेर सामान्य र यौनपूर्ण रात बिताउनुहोस्,’ उनी भन्छिन, ‘एक अर्काको नजिक बस्नुहोस, एक अर्कालाई अंगालो हाल्नुहोस्, एक अर्काको काखमा बस्नुहोस्, दुबैको कपाल तान्नुहोस् । यस्तो प्रक्रियाले तपाईँको दिमागमा अझै बढी डोपामिन बृद्धि हुन्छ ।’ यदि तपाईँहरुको मुड ठिक र रमाइलो छ भने एक अर्काको लुगा खोल्नुहोस् अनि सेक्स गर्नुहोस् । तपाईँहरुमध्ये एक जना फिल्ममा हेर्न रमाउँदै हुनहुन्छ भने एक अर्कालाई छुनुहोस् । 
तपाईँहरु समानान्तर जीवन जीउदै हुनुहुन्छ कि ? 
तपार्इँहरुले एउटै बेड सेयर गर्नुभएको छ होला । जब तपाईँका प्राथमिकता र महत्वहरु बढ्दै जान्छन, तब तपाईँहरुले सेक्सका लागि समय कम दिनुपर्ने बाध्यता हुन्छ । जस्तै पारिवारिक बोझ, सन्तानको हेरचाह, साथीसँगीसँगको भेट, महत्वपूर्ण यात्राले तपार्इँको यौन कार्य प्रभावित हुन सक्छ, मनोविज्ञ सुसान क्राउसस भन्छिन् । ‘तपाईँहरुले उत्तेजित जीवन बाँच्नु भएको हुन सक्छ, तर एक अर्काबीच कुरा गर्न, माया साटासाटा गर्न तपार्इँहरुबीच एउटा क्यालेन्डर बनाउनुपर्छ,’ उनी भन्छिन्, ‘तपाईँको डिनर समय तपाईँका बच्चाहरुलाई खुवाउँदा खुवाउँदै बित्न सक्छ, तैपनि दुई जनालाई सँगसँगै बस्नका लागि वा रक्सिको चुस्कि लिएर आनन्द लिनका लागि पनि सँगै बस्नुहोस् ।’ यदि तपार्इँले एक अर्कालाई समय दिएमा उनीहरुमा खुसीको बहार आइरहन्छ । 
सेक्स गर्दा पीडा नदिनुहोस् 
यदि तपाईँको पार्टनरलाई सेक्स गर्दा पिडादायी वा असजिलो भयो कि ? उनले रातको यौन क्रियाकलापमा उनी दुखित वा असन्तुष्ट पो भइन् कि ? अथवा तपार्इँ नै पो असन्तुष्ट हुनुभयो कि ? यसबारेमा खुलेर जानाकारी किन नलिने । सेक्स गरेर अर्काेतिर फर्केर सुत्नु नितान्त यौन बेइमानी हो । स्खलन भएपछि पनि यौनका बारेमा संवाद गर्न नचुक्नुहोस् । यसले झनै धेरै आत्मियता बढाउँछ । ‘एक अर्काबीच यस्तो जानकारी राखेमा समस्या समाधान गर्न सहयोग पुग्नेछ,’ पावर अफ टुू म्यारिजमा मनोविज्ञ सुसान हेइटलर भन्छिन् । त्यस्तै सेक्स पूर्व पनि एक अर्कालाई तताउने धेरै उपाय अपनाउनुहोस् । उनी थप्छिन्, ‘जस्तै उदाहरणका लागि यदि तपाईँ महिला हो भने निदाउनुअघि श्रीमान्लाई न्यानो पार्नुहोस् ।’ यसले एक अर्कालाई अझै बढी सामिप्यता र माया बढाउँछ । यदि तपाईँ यौनपूर्ण रुपमा उत्तेजित हुनुभयो भने आफ्नो पाटर्नरलाई पनि उत्तेजित बनाउन सक्नुहुन्छ । तपाईँहरुको यौन गतिबिधि साह्रै नै पीडादायी हुन्छ वा नरमाइलो छ वा सन्तुष्टिपूर्ण छैन भने तपाईँ तत्काल चिकित्सक कहाँ सल्लाह पनि गर्न सक्नुहुन्छ । 
तपार्इँको ध्यान अन्यत्र मोडिएको छ कि ? 
तपाईँहरुमध्ये कोहीको मन अन्य कसैसँग आर्कषण भएको छ कि ? सहकर्मीसँग ध्यान जोडिएको छ कि ? यसो भयो भने तपाईँको बैबाहिक जीवन भताभुङ्ग हुन्छ है । अन्यत्र ध्यान मोडिदा सेक्स असम्भव हुन्छ । ‘यदि तपार्इँ शारिरिक रुपमा कसैसँग आकर्षित हुनु भएको छ भने तपार्इँको ध्यान बेडरुमबाट टाढा लैजान्छ,’ क्राउसिस भन्छिन् । ‘तपाईँको जीवनमा अर्काे मानिसको पनि प्रवेश भएको छ वा तपार्इँको ध्यान अन्यत्र मोडिएको छ भने तपार्इँको सम्बन्धमा केही गडबढी भइरहेको छ,’ उनी भन्छिन् । ‘दुबै जोडीले एक अर्कालाई सम्बन्ध बढाउने प्रयत्न नगरेमा, एक अर्कालाई बुझ्ने प्रयत्न नगरेमा तपाईँको यौन जीवन ध्वस्त हुन्छ । मसानघाट जस्तो बेडको कुनै अर्थ हुँदैन् । बेडमा रात्री क्रियाकलाप पनि हुनपर्छ । प्रशस्त रसलिला हुनुपर्छ । एक अर्काले हरेकलाई महत्व दिनुपर्छ । 
यौनबिनाको वैवाहिक जीवनमा त हुनुहुन्न ? 
यौन गतिबिधि गर्ने सोचाई आउनासाथ तपाईँ चिन्तित बन्नुहुन्छ भने अथवा सधै बहाना मात्र बनाउनु भएको छ भने तपार्इँ यौनबिनाको बैबाहिक जीवनमा हुनुुहुन्छ, नेल्सन भन्छिन् । ‘सेक्सको कदम चाल्नु भनेको तपाईँको बिबाहको यौन अंशको हिस्सा बाँड्नु हो’, उनी भन्छिन्, ‘जीवन वा सम्बन्धलाई कतिको सुमधुर बनाउने वा सेक्स खैलौना ल्याएर अर्कोतिर फर्केर आफ्नो यौन धित मार्ने भन्ने तपार्इँको रोजाई हो । ख्याल गर्नुहोस्, यदि तपार्इँहरुले काम गर्न छोड्नुभयो भने सम्पूर्ण यौन यन्त्र विग्रिन्छ है । बैशमा नै यौनयन्त्र बिग्रेपछि तपार्इँको जीवन स्वस्थ होला त ? 
तपार्इँ भावनात्मक रुपमा मात्र सम्बन्धित हुनुहुन्छ कि 
तपाईँ दीर्घकालिन सम्बन्धमा हुनुहुन्छ भने यौन केवल शारिरिक मात्र हो । तपाईँ र तपाईँको पाटर्नरले सामान्यतया सम्बन्धको अवस्थालाई कसरी बुझ्छन् भन्ने मात्र हो । तपाईँका लागि ऊ वा उनको अर्थ कति महत्व छ भनेर देखाउनका लागि तपार्इँको पाटर्नरसँग फोरप्ले सुरु हुन्छ । ‘कामुक माया र यौनजन्य माया सँगसँगै जानुपर्छ, एकले अर्कालाई अझ बढी आर्कर्षित पार्नुपर्छ । एक जनाका लागि तपार्इँ जति बढी यौनका लागि तृष्णा देखिनुहुन्छ, तपाईँ अरुहरुका लागि पनि त्यति नै तृष्णा देखाउनुहुन्छ, उनी भन्छिन् , ‘एक अर्काको अंगालोमा बेरिनुहोस् अनि आफ्नो प्रेमी वा प्रेमिकालाई सम्मानका शब्द व्यक्त गर्न कन्जुसाइँ नर्गुहोस् ।’ -
यी उपाए अबश्य अपनाउनुस तपाईहरुको दाम्पत्य जीवनमा अबश्य सुख, सामिप्यता सफलताको दिनहरु आउने छन ।  सुख तपईबाट शुरु हुन्छ र सुखी मनले सफलता हात पार्छ, सफलताले दाम्पत्य जीवनलाई सदैब सुखी रख्छ । 
-एजेन्सी

Labels: Articles, Health, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State