• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, News, Politics » पहाडी र मधेशी अतिवादका कारण देश सङ्कटमा–उपाध्यक्ष श्रेष्ठ
पहाडी र मधेशी अतिवादका कारण देश सङ्कटमा–उपाध्यक्ष श्रेष्ठ

बर्दिवास, १० पुस । एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएता पनि बाँकी रहेको अरु अधिकार संविधानमा संस्थागत गर्न पहाडी अतिवाद र मधेस अतिवादका कारण संविधानलाई केन्द्र बनाएर देश सङ्कटमा फसेको उल्लेख गर्नु भयो । पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा प्राध्यापक पद्म खड्का र आधारशीला परिवारका संस्थापक अध्यक्ष तथा शिक्षामन्त्री गिरीराजमणि पोखरेलका पिता चन्द्रमणि पोखरेलको श्रद्धाञ्जलि सभालाई बर्दिवासमा सम्बोधन गर्दै आज महोत्तरीमा उपाध्यक्ष श्रेष्ठले सो कुरा बताउनुभएको हो । 
मधेस आन्दोलनको आफ्नै वस्तुगत आधार रहेको धारणा राख्दै उपाध्यक्ष श्रेष्ठले पहाडी अतिवाद र मधेस अतिवादका कारण देश सङ्कटमा फसेको स्पस्ट उल्लेख गर्नु भयो । उहाँले आन्दोलनकारीको जायज मागहरु राजनीतिक रुपमै वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाउनुभयो ।

Labels: BreakingNews, Latest Updates, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State