• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, InterViews, Latest Updates, News » करोडौंको भ्रस्ताचारी वन्त अख्तियारमा गवाँ-गवाँ रुएपछी ...
करोडौंको भ्रस्ताचारी वन्त अख्तियारमा गवाँ-गवाँ रुएपछी ...

काठमाडौँ १५ पुष । करोडौंको भष्टाचारी भई आफ्नो गरिमामय पदबाट कारबाही र निलम्बनमा परेका सशस्त्र महानिरीक्षक कोषराज वन्तले अख्तियारभित्रै डाँको छाडेपछि प्रहरीहरु हत्तपत्त झ्यालढोका बन्द गरेर , ‘सर, नरोइबक्सियोस् हजुर’ भन्दै फकाउन परेको  थियो । 

निलम्बन सिफारिस भएको तीन दिनपछि बयान दिन पुगेका वन्तले उपसचिव चुडामणि न्यौपाने, डिएसपी माधव खत्री र इन्स्पेक्टर आनन्दजंग थापालाई अनुनयको शैलीमा भने, ‘म नभएको कुरा केही गर्दिनँ, सब भन्छु । तर, केही सोध्नुभन्दा पहिला मेरा कुरा सुनिदिनुपर्यो हजुरहरुले र  भने, ‘अस्तीसम्म फुली लगाएर मानसम्मानकासाथ हिँडेको आइजिपीजस्तो मान्छे, आजै म कुन हालतमा पुगेँ … अरु साधारण मान्छे जस्तो भए बेहोस हन्थ्यो कि हार्ट अट्याक भएर मरिसक्थ्यो । म हिम्मत गरेर यहाँ आएको छु, सत्य बोल्नलाई ।’ 

चूडामणिले भने, ‘हामी पनि कर्मचारी हौं सर, हजुरलाई थाहै छ, दिएको जिम्मेवारी पूरा गर्नैपर्यो । ’ न्यास्रिएर मरिचझैं चाउरिएका वन्तले थपे, ‘क्यान्सरपीडित मेरी श्रीमतीलाई क्यान्सरको समस्या थियो । अख्तियारले काबारही गर्ने भयो भन्ने सुनेपछि बेहोस भएकी उनी म यहाँ आउँदासम्म होसमा आएकी छैनन् । बिगारेकै भए, गल्ति गरेकै भए पनि मैले बिगारेँ होला, बिचरीको के दोष थियो ? त्यसपछि वन्त हिक्कहिक्क गर्दै रुन थाले, आजको जनआस्था साप्ताहिकले खबर लेखेको छ । 

Labels: BreakingNews, InterViews, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State