• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Latest Updates, Photo, sherpa, Tourism » बह्या अतिक्रमणका कारण शेर्पा संस्कार लोप हुदै l
बह्या अतिक्रमणका कारण शेर्पा संस्कार लोप हुदै l

पुस, १५, नाम्चे बजार, सोलुखुम्बु, युवास  तामाङ,  नेपालको हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदाय आफ्नै धार्मिक संस्कार, रितिरिवाज, जनश्रुतिका कथाहरु, जातीय लोक गित र मौलिकता भएको समुदाय हो l यो समुदायको अघिल्ला पुस्तामा विभिन्न प्रकारका लोकोत्ति, उखान तुक्काहरू, चुटकिला, दन्त्य कथा, भाषिक तथा मौलिक गीतहरु, परम्परागत नृत्य शैली, सस्कार प्रचालनमा थिए l बाहिरी दुनियाको प्रभाब नगत्य भएकोले त्येस बेलाको यस्ता परम्परागत तथा शेर्पा जातिमा निहित यी मौलिक सम्पदा र प्रचलनहरु लाई नया पुस्ताले निरन्तरता दिने परम्परा कायमै थियो l
सोलुखुम्बुको खुम्बु क्षेत्रमा बस्ने शेर्पा समुदायमा पनि उल्लेखित परम्परागत सस्कार र मौलिक लोक गित तथा किम्वदन्तीहरु प्रचलनमा छन् l तर पुर्खको पाला देखि चली आएका यस्ता गहनता एवं मार्मिकता बोकेका प्रचलनहरु पुस्तान्तरमा बिस्तारै लोप हुदै गएको देखिन्छ l बिगत चार दशक देखि खुम्बु क्षेत्रमा फस्टाएको पर्यटन ब्यबसाय, बह्या पर्यटकहरुको निरन्तर आवागमन, शिक्षाको प्रभाव र स्थानीय शेर्पाहरुको पेशामा आएको आमुल परिवर्तनले समाज भित्र स्थापित यस्ता अलिखित जातीय मौलिक सम्पदाहरु अतिक्रमण हुदै र लोप हुदै गएका छन् l समयको परिवर्तन संगै नया पुस्तामा आएको नया सोचका कारण यी प्रचलनहरु बिस्तारै बिर्सदै जानु र प्रचलनमा नआउनु पनि स्वाबबिक नै हो l
सथानीय सामाजिक रहनसहनमा जतिसुकै परिवर्तन भएपनि परम्परागत रुपमा स्थापित सामाजिक मूल्य, मान्यता, आदर्श, सस्कार र जातीय मौलिक सम्पदाहरुको उचित जगेर्ना गर्नु, सभ्यताहरुको खोज, अनुसन्धान गरि अभिलेखीकरण गर्नु र तिनलाई भावी पुस्ता सम्म पुर्याउनु नै आजको शिक्षित र सभ्य समाजको प्रमुख कर्तब्य हुन् आउछ l जुन मौलिक , मूल्य मान्यताहरु नै जातिगत पहिचान र विशेषताका प्रतिक हुन् l

Labels: Articles, Latest Updates, Photo, sherpa, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State