• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News » जन्माएर भेन्टिलेटरमा राख्दा नयाँ जीवन दिन सकिन्छ भनेर संविधान जारी गर्न म सहमत भएको थिए..
जन्माएर भेन्टिलेटरमा राख्दा नयाँ जीवन दिन सकिन्छ भनेर संविधान जारी गर्न म सहमत भएको थिए..

मंशिर १७ । काठमाडौं । राष्ट्रिय आन्दोलन संयुत्त आयोजक समितिद्वारा आयोजित नागारिक ऐक्यबद्धता सभामा देशको यो बिकराल संकटको कारण मृत संबिधान भएको कुरा राजनैतिक बिश्लेशक सिकेलालले बतबउनु भयो । चालु मदेश, आदिवासी एबम थरुहट आन्दोलनलाई थप निस्कर्षमा पु¥याउनका निम्ति प्रज्ञा भवन कमलादीमा नागारिक ऐक्यबद्धता सभाको आयोजना गरेको थियो । दमन्नाथ ढुंगानाको अध्यक्ष्ता एबम पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा भएको सभामा नागारिक अगुवा, आदिवासी आन्दोलनका नेता, मदेशी पार्टीका नेता, थरुहट आन्दोलनका नेता, राजनैतिक बिश्लेशक एबम हजारौंको संख्यामा सहभागीहरु उपश्थित भएका थिए ।
एक्यबद्धता सभामा उपस्थित सभागीहरु मौन धारण गर्दै
एक्यबद्धता सभामा उपस्थित सभागीहरु मौन धारण गर्दै
मन्तव्यको क्रममा जारि संबिधान बिगत २५० बर्षदेखि राज गर्दै आएको सिंहदरबार वरिपरिका संभ्रान्त, शोशक, सामान्त एबम जातिय एकाधिकारबादीहरुको सत्ता निरन्तरताका लागि मात्र आएको र नेपालको राष्ट्रियताको संदर्भमा घोषणा पुर्बनैं मृत भईसकेको आरोप सिकेलालले लगाउनुभयो साथै मदेशमा भईरहेको मदेश अन्दोलनलाई दवाउन सत्ताधारीहरुले राष्ट्रियताको खोक्रो नारामा राष्ट्रघाती कदम चाल्न लागेको आरोप लगाउनुभयो । मन्तव्यकै क्रममा थरुहटका नेता भानुराम चौधरीले राज्यले गरेको दमन ज्यादती गैर जिम्मेवारी र बिभेदप्रति आक्रोस पोख्दै ईतिहाँसकालदेखि आजसम्म राष्ट्रघाती सन्धी र सम्झौतागर्ने तिमी शासकहरु राष्ट्रिय हुने र हामी जो थारुहरु एक चिम्टी माटो पराईलाई दिएका छैनौ चहि राष्ट्रघाती र बिखण्डनकारी हुने कहाको न्याय हो ? हाम्रो आन्दोलन न्यायको अन्दोलन हो, यसलाई राज्यले दमन गर्दछ भने अधिकार र न्यायको लागि एक मुठी सास र एक थोपा रगत रहेसम्म लड्ने थरुहट लिएरै छाड्ने र यो लडाई स्वधिनताको लडाई हुने बताउनुभयो ।
तमलोपाका नेता रिदेश त्रिपाठीले भन्नु भयो जिम्मेवार सुरक्षाको जिम्मा बोकेको सुरक्षाकर्मीहरुबाटै अमानविय अभद्र व्यवहार र बिभेद मदेशीले खेप्नुपरेको छ । आन्दोलनकारीलाई होईन घरको छतमा बसेको मधेसीहरुलाई ताकिताकि टाउको र छातिमा गोली प्रहार गरि मारेको छ र मदेशीहरुमाथी गाली गौलज र अपमान गरेको छ, यत्रो अन्याय हुदाहुदै पनि मधेसी जनताहरुले साम्प्रदायक दंगा गरेको छैन, संयमता अपनाएको छ, यो नै मधेश आन्दोलनको सौन्दर्य हो । पांच दर्जनको साहदत हुदा पनि मदेश आन्दोलन प्रति बेवास्ता गर्नु राज्यको गैरजिम्मेवार दमनकारी  नियत भएको बताउनु भयो .
Baburam bhattarai
Baburam bhattarai
राजधानीमा मधेस आन्दोलनमा नागरिक ऐक्यबद्धता जनाउन आयोजित कार्यक्रममा बोल्दैमन्तब्य कै क्रममा  डा.बाबुराम भट्टराईले मधेस आन्दोलन र दिल्ली जोडिनु दुर्भाग्य भएको बताएका छन् । मधेसको आन्दोलन आफ्नो आन्तारिक समस्या भएको बताउँदै सरकार गम्भिर नभएकोले समस्या समाधानको सट्टा थप लम्बिएको बताए । उनले भने, भारतीय अघोषित नाकाबन्दी र मधेस आन्दोलनलाई बेलैमा समाधान नगरिए परिस्थिती थप गम्भिर हुन सक्ने बताउनु भयो ।
उनले आन्दोलनरत पक्षलाई आफ्नो पूर्ण समर्थन  रहेको बताउँदै औषधी, एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा अवरुद्ध नगर्न अनुरोध समेत गरे । उनले आफ्नो मन्तव्यको क्रममा भारतीय विषय पटकपटक जोडेका थिए । पूर्व एमाओवादी वरिष्ठ नेता समेत रहेका डा भट्टराईले सुगौली सन्धि सामिप्यताको भारतीय एकाधिकार पूँजीवाद नै मुख्य समस्या भएको औंल्याउँदै त्यसलाई अन्त्य गर्न आफू सक्षम बन्नुपर्ने बताए । उनले शक्तिशाली भारतसँग कुस्ती खेल्नु भन्दा आफ्नै फाइदाहुने गरी कुशल सम्बन्ध बनाउन सत्तारुढ दलहरुलाई आग्रह समेत गरे । उनले खरायो र सिंहको उदाहरण दिदैं संसारभर ठुलाले सानालाई पेल्ने गरेको बताउँदै सानाले पनि बुद्धिमत्ता पूर्ण तवरबाट सम्बन्ध बनाउनुपर्ने बताए ।
उनले संविधान नबनेको भए गणतन्त्र संघीयता धर्म निरपेक्षता गुम्ने खतरा  रहेको  दाबी गरे । उनले भने, हुन त यो मृतप्रायः संविधान हो तर यसलाई जन्माएर भेन्टिलेटरमा राख्दा नयाँ जीवन दिन सकिन्छ भनेर संविधान जारी गर्न म पनि सहमत भएको थिए  ।
कार्यक्रममा निकै आक्रामक देखिएका डा.भटट्टराईले अहिलेको भारतले गरेको नाकाबन्दी नेपालको नेताहरुको कारणले नै भएको र अहिले चर्चामा आएको भारतलाई दिएको आश्वासन अहिले नदिएकोले समस्या आएको चर्चा यदि सत्य हो भने कस्ले के दिन्छु भनेको थियो त्यो जनतामा प्रष्ट पार्नु माग गरे, उनले नाम नै किटेर मिनेन्द्र, प्रचण्ड र शेरबहादुर देउवा लगायतका नेताहरु पछिल्लो समयमा दिल्ली पुगेका र उनीहरुले के दिन्छु भनेका थिए त्यो जनतालाई प्रष्ट पार्न माग गरे ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State