• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, English, international news, Latest Updates » ह्युमन राइट्स वाचद्वारा खाडी मुलिकका कम्पनीहरुलाई अर्को दवाव
ह्युमन राइट्स वाचद्वारा खाडी मुलिकका कम्पनीहरुलाई अर्को दवाव

काठमाडौं, पुष १४- खाडी मुलुकहरुमा रहेका कामदारको हकअधिकार वञ्चित गर्ने कानूनलाई खारेज गर्दै उनीहरुको अधिकार रक्षागर्ने कानूनको पालना गर्न मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले खाडी मुलुकहरुलाई आव्हान गरेको छ । उसले खाडीका देशहरुमा रहेका कम्पनीहरुलाई कामदारको अधिकारप्रति सम्वेदनशिल हुन समेत आग्रह गरेको छ । 

गतहप्ता १० पृष्ठको लामो एउटा रिपोर्ट प्रकाशित गर्दै सो संस्थाले व्यवसायीले कामदारका लागि उचित अधिकार प्राप्ति लागि  नयाँ कानून पर्खिनु नपर्ने बताएको हो । संस्थाले आफ्ना कामदारको अवस्था सुधार्न आफै प्रयत्न गर्न खाडीका सम्पूर्ण कम्पनीहरुलाई अनुरोध गरेको छ । ह्युमन राइट्स वाचले जारी गरेको विज्ञप्तीमा खाडी मुलुकहरुको आप्रवासी कामदारको अवस्थाप्रति अत्यान्तै चिन्ता व्यक्त गर्दै खाडीमा कामदारले भोगिरहेको अमानविय समस्या र कतिपय अवस्थामा मृत्युसम्मका घटना हुनु अत्यन्त चिन्ताजनक भएको उल्लेख छ । 

उसले लामो समयसम्मको काम, कार्यथलो सुरक्षित नहुनु, समयमा तलव नपाउनु तथा बसोवासको स्थान राम्रो नहुनु, अत्यान्त कम तलब पाउनु, २० घन्टासम्म काममा लगाउनु जस्ता अत्याधिक समस्या भएको भन्दै त्यसमा सुधारका लागि सरकार र सम्पूर्ण कम्पनिहरु संग आग्रह गरेको छ । 

यो रिपोर्ट आइटीयूसीले कतारका कम्पनीहरुले खरवौं रकम कमाइरहेपनि त्यसको मूल्य आप्रवासी कामदारले चुकाइरहेको रिपोर्ट सार्वजनिक गरेको एक हप्ता पछि सार्वजनिक भएको हो । यसले कतार सहित खाडीका देशलाई कामदारको स्थीति सुधार गर्न थप दवाव दिएको छ । 

ह्युमन राइट्स वाचले कतार सरकारले हालैका दिनमा कामदारको अधिकारका लागि भन्दै घोषणा गरेका कतिपय कुरा स्वागतयोग्य भएको समेत जनाएको छ । उसले कफला प्रणालीको भने तत्काल अन्त्य हुनुपर्ने बताएको छ । वाचले खाडीका देशमा रहेका कम्पनीलाई केहि सुझाव दिएको छ । यसमा कामदार मगाउँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नुपर्ने, कामदारलाई सुरक्षाका उपायहरु अवलम्वन गराउनुपर्ने, समयमा तलव दिनुपर्ने, अतिरिक्त समय काम गरेको अतिरिक्त पारिश्रमिक दिनुपर्ने तथा बसोवासको उचित प्रवन्ध गर्नुपर्ने जस्ता माग रहेका छन् ।

Human right watch requested to all government of gulf country and all companies of gulf country to improve the Nepali worker situation in company.

Labels: Articles, BreakingNews, English, international news, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State