• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Latest Updates, Photo, Photo of the Day » जाडोले कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या १३ पुग्यो
जाडोले कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या १३ पुग्यो

दोलखा १४ पुस । भूकम्पले घर भत्किएपछि जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने र मृत्यु हुने क्रम पछिल्ला दिन बढ्दै गएको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ ।  

पछिल्लो प्राप्त तथ्याङ्कअनुसार दोलखा चङ्खु गाविस–७ की ५५ वर्षीय मिठ्ठु तामाङ, लापिलाङ–३ का ७३ वर्षीय गम्भीर थामी, पवटी–५ का ५८ वर्षीय बमबहादुर तामाङ, शैलुङ्गेश्वर–५ का ८२ वर्षीय देवकुमारी कार्की र कालिञ्चोक–१ की ६६ वर्षीय सानुमाया थामीको चिसोका कारण बिरामी परी मृत्यु भएको हो । 

यसअघि भूकम्पले घर भत्किए पछि जस्ताको टहरामा बस्दै आएका मेलुङ–८ का ६८ वर्षीय विष्णुमाया श्रेष्ठ र ७० वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा डाँडाखर्क– ८ का ९५ वर्षीय धनराज तामाङ, झुले गाविस–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले गाविस–४ का ८३ वर्षीय जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ, बुलुङ गाविस–८ का ६२ वर्षीय भक्तबहादुर मगर र जफे गाविस–१ का ७९ वर्षीय भद्रकुमारी पोखरेलको चिसोका कारण मृत्युु भएको स्थानीयवासीले बताएका थिए । 

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधव लम्सालले दोलखाको विभिन्न ठाउँमा मृत्यु भएका मानिस चिसोको कारणसंगै दम, मिर्गौला जस्ता समस्याले पीडित रहेको बुझिएको बताउनुभयो । मृत्यु भएका अधिकांश दीर्घरोगी भएको उहाँको भनाइ छ । भूकम्पले घर भत्किए पछि टहरामा बसेका बिरामी, वृद्धवृद्धा, बालबालिकाले स्वास्थ्यमा कुनै समस्या भए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न र तातो पानि पीउन तातो कपडा लगाएर बस्न उहाँले सुझाव दिनुभएको छ । 

सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन नसक्दा घरवारविहीन बनेका पीडित धमाधम बिरामीसमेत पर्न थालेका छन् । स्थानीय विकास अधिकारी सीता परियारका अनुसार दोलखाका भूकम्पपीडितलाई न्यानो कपडाका लागि सरकारले दिने भनेको रु १० हजार वितरण सुरु गरिएको छ तर प्रभावकारी हुन सकेको छैन । जिल्लाको भूकम्पपीडितको सङ्ख्याको हिसाबले रु ८५ करोड ८५ लाख ८० हजार आवश्यक पर्नेमा अहिले रु ५० करोडमात्र प्राप्त भएकोले राहात वितरणमा समस्या आएको जानकारी दिनुभयो ।

Labels: Articles, BreakingNews, Latest Updates, Photo, Photo of the Day

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State