हातेमालोlलाई २ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ
पुस १०, काठमाडौं- युरोपेली युनियनले नेपालको कुपोषणका लागि हातेमालो कार्यक्रमलाई २ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले उक्त सहयोग स्विकार गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले युरोपेलि युनियनले दिन लागेको सहयोग रकम स्विकार गर्ने निर्णय गरेको हो । health ministry स्वास्थ्य मन्त्रालयको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनले नेपालमा पोषिलो खानाको अभावमा झन्डै आधा बालबालिका पुड्कोपनको समस्यावाट पिडित रहेको देखाएको छ ।
पोषिलो खानेुकाराको अभावमा होचा बालबालिकाको संख्यामा उल्लेख्य कमी नआएकाले नेपालले सहश्राब्दि विकास लक्ष्य हासिल गर्न समेत कठिनाई हुने भएको छ । सहश्राब्दि विकास लक्ष्यअनुसार सन २०१५ सम्ममा नेपालका ३० प्रतिशतभन्दा कम बालबालिका मात्र होचा हुनुपर्ने छ ।
नेपालमा अहिले पनि करिब एक चौथाइ अर्थात् २४ प्रतिशत शिशु कम तौलका जन्मने गरेका छन् । पाँच वर्षमुनिका कुल बालबालिकामध्ये ३७ प्रतिशतमा उमेरअनुसार उचाइ नपुगेको पछिल्लो तथ्यांक छ ।
त्यस्तै उचाइअनुसार कम तौल भएका शीघ्र कुपोषण ११ प्रतिशत र कम तौल भएका करिब ३० प्रतिशत छन् ।
नेपाल बहुसूचक सर्वेक्षण ०७०/७१ ले बच्चा fast malnutrition को मात्रै नभई गर्भवती महिलाको अवस्था पनि निरासाजनक रहेको देखाएको छ । सर्वेक्षणले करिब ४८ प्रतिशत गर्भवती महिला तथा ३५ प्रतिशत महिलामा रक्तअल्पता भएको देखाएको छ ।
यसैगरी, पाँच वर्षमुनिका ४६ प्रतिशत बालबालिका र ६ देखि २३ महिनासम्मका करिब ६९ प्रतिशत बालबालिका रक्तअल्पताको समस्यामा छन् । विज्ञहरुका अनुसार कुपोषणले शारीरिक मात्रै होइन, मानसिक वृद्धि विकासमा समेत गम्भीर असर पुर्याउँछ ।
मन्त्रालयको प्रतिवेदनले पुड्कोपन मात्र होइन नेपालका ११ प्रतिशत बालबालिकामा गम्भिर खालको कुपोषणको समस्या रहेको र २९ प्रतिशत बालबालिकाको उमेर अनुसारको तौल नभएको देखाएको छ ।
सन् २०१५ भित्रमा ५ प्रतिशतभन्दा कम बालबालिकामा गम्भिर खालको कुपोषणको समस्या र २७ प्रतिशतभन्दा कममा उमेर अनुसारको तौल भएमा शहश्राब्दि विकास लक्ष्य हासिल गर्न सक्दछ ।
आमा र बच्चालाई पोषणको कमी हुन नदिन आमा गर्भवती भएको दिनदेखी बच्चा दुई वर्षको हुनेसमयसम्म पोषणयुक्त खानेकुरा र स्याहार सुसारमा विशेष ध्यान दिनुपर्छ । दुई वर्षको उमेरसम्ममा children बालबालिकाले उचित पोषण पयो भने धेरैजसो समस्या समाधान हुन्छ । यदि त्यस बेला राम्रो पोषण पुगेन र मस्तिष्कको राम्रो विकास भएन भने पछि पनि हुँदैन ।
बालबालिकालाई कुपोषण भएमा शारीरिक, मानसिक विकासमा गम्भीर असर पर्छ । आइरन, आयोडिन, भिटामिन ए, जिंकजस्ता सूक्ष्म पोषण तत्व नपुगेमा बालबालिकालाई विभिन्न संक्रामक रोग लाग्छ । लगातार रोग लागेमा खाना खाँदैन, कमजोर हुन्छ र शरीर बढ्दैन र बालबालिका पुड्का हुनुका साथै कमजोर हुन्छ । यसका साथै गर्भावस्थामा आमालाई आयोडिन नपुगेमा शिशुको उचित शारीरिक विकास हुँदैन, सुस्त मनस्थितिको हुन्छ ।
हाडको विकास पर्याप्त हुँदैन र पुड्कोपन सुरु हुन्छ । चिकित्सकहरुका अनुसार गर्भवती आमालाई जन्डिस, मधुमेह, उच्चरक्तचाप, एचआईभी भएमा पनि बच्चाको शारीरिक, बौद्धिक विकासमा असर पर्छ । त्यसकारण आमा गर्भवती भएको अवस्था देखी नै विशेष ख्याल गनुपर्नेमा चिकित्सकहरुको जोड रहेको छ । यसका साथै बालबालिकाको पोषणमा सुधार ल्याउन बच्चा जन्मेदेखी नै आमाको दुध खुवाउनु पर्नेमा पनि चिकित्सकहरुको जोड छ ।
गम्भीर शीघ्र कुपोषणले बालमृत्युदर पाँचदेखि २० प्रतिशतसम्म बढाउन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । सरकारले कुपोषणको अवस्थामा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना ०१३–१७ लागू गरेको छ । राष्ट्रिय योजना आयोगको संयोजनमा अघि बढेको यो कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि विकास, महिला बालबालिका तथा समाजकल्याण, सहरी विकास, स्थानीय विकास मन्त्रालय पनि जोडिएका छन् । तर अझै पनि पोषणका क्षेत्रमा भने उल्लेख्य सुधार आउन सकेको छैन ।
malnutrition children, hotels, food,



0 comments
Write Down Your Responses