किराँत गणराज्यका लागि दस हजार किरांत फोर्स र २ लाख सदस्य बनाउछु- गोपाल किराती
१३ मंसिर, काठमाडौं । एमाओवादी स्थायी समितिका सदस्य गोपाल किरातीले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर १० हजारको किरात फोर्स बनाउने र २ लाख किरांत सदस्य बनाउने किरातीले प्रस्ताव गरेका छन् । साथै किरात प्रदेशभित्रका भ्रष्टाचारी, कालोबजारी र विदेशी दलाल पहिचान गरी जनकारवाही गर्ने प्रस्ताव किरातीले अघि सारेका छन् ।
किरातीको पहलमा शनिबार राजधानीमा किरात गणराज्य पक्षधरहरुको भेला गरिसके पछी आइतबार लाजिम्पाटमा किरातीसहितको टोलीले प्रचण्डलाई भेटी किरात फोर्स, २ लाख सदस्य र किराँत गणराज्यको प्रस्ताव राखेका हुन् । यसबारे प्रचण्डलाई किरातीले लिखित प्रस्तावसमेत बुझाएका छन् ।
वली सरकार मुलुकका लागि भार(भिडियो सहित)
त्यस्तै रिपोर्टर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य गोपाल किराँतीले ओली नेतृत्वको सरकार मुलुकका लागि भार भइसकेको भन्दै नढले पनि ढाल्नु पर्ने बताएका छन् । उनले भने, ‘एक सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नुपर्छ । यो मुलुकको लागि बोझ भइसकेको छ ।’साथै उनले हालै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट फिर्ता हुनु पर्ने प्रस्ताव राखेको र त्यसको जवाफमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्तिमा एक सय दिन पर्खिनुस् भनेको जानकारी गराए । यसअघि अर्काे सत्तासाझेदार राप्रपा नेपालका नेता दिलनाथ गिरीले पनि वर्तमान सरकारले जनताको भावना र राष्ट्रको आवश्यकता अनुसार काम गर्न नसकेको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । केही पार्टीले ओली सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् ।
<iframe width="620" height="368" src="https://www.youtube.com/embed/W4P22Y3kDtA" frameborder="0" allowfullscreen></iframe>



0 comments
Write Down Your Responses