• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, Politics » नागरिक न्यूजलाई प्रश्न- सुत्केरी गराउदा पेटमा कसरी सियो हराउन सक्छ?
नागरिक न्यूजलाई प्रश्न- सुत्केरी गराउदा पेटमा कसरी सियो हराउन सक्छ?

पुस १५ काठमाडौ, डा. समिर लामा, नागरिक न्युजमा 'चिकित्सकको लापरवाहीले सुत्केरीको पेटमै सियो हरायो' शिर्षकमा समाचार छापियो। म अचम्म परें, कस्तो नमिलेको शिर्षक लाग्यो, सिजेरियन अप्रेसन गर्दा सियो छुटेको हो कि भन्ने लागी पूरै समाचार पढेको हैन रहेछ, नर्मल डेलिभरीमै छुटेको रहेछ। म मेडिकल क्षेत्रको भएकोले समाचारमा लेखिएका गल्तीहरुबाट नि यसो भएको रहेछ भन्ने बुझें तर धेरैमा यसले भ्रम सिर्जना गर्न सफल भयो। त्यसैले ती भ्रमहरुलाई हटाउन केही सहयोग गर्छ कि भनेर यो लेख लेख्दैछु। 

सुत्केरी गराउदा पेट चिरिन्छ? 
चिरिदैंन। बच्चा जन्मदा योनीमार्ग भएर जन्मने भएकोले पेट चिर्ने आवश्यकता पर्दैन। कैलेकाही डेलिभरी भएर रगत धेरै बगेमा, रोक्नका लागि गरिएका सबै प्रयासहरु विफल भएमा अप्रेसन नै गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा भने पेट चिर्नुपर्ने हुन्छ। 

सुत्केरी गराउदा योनिमार्ग चिरिन्छ? 
चिरिन्छ, तर सबैलाई हैन। यसलाई अंग्रेजीमा Episiotomy/ इपिजियोटोमी भनिन्छ। बच्चा निस्कदा योनीमार्ग धेरै तन्किएर च्यातिने डर हुन्छ, यसरी आँफैं च्यातिदा धेरै र जथाभावी च्यातिन सक्छ, मलद्वारसम्म च्यातिने डर हुन्छ। त्यो खतरा कम गराउनका लागि बच्चाको टाउको निस्कन लाग्ने बेलामा निश्चित तरिकाले निश्चित दिशातिर योनिमार्गमा चिरा लगाइन्छ, प्राय: गरेर दाहिनेतिर। डेलिभरी भईसकेपछी यसलाई केही दिनमा आफैं हराएर जाने धागोले सिलाइन्छ। 
पेट भनेको के हो?
'पेट' शब्दले धेरै अर्थ दिन्छ। अझै जनबोलीमा त माथिल्लो पेट, तल्लो पेट नि भनिन्छ। मेडिकल भाषामा पेट भनेको छाती भन्दा मुनी र काछ (Groin) भन्दा माथिको अगाडिको भागलाई भनिन्छ। साधारण भाषामा धेरै अर्थ लागे पनि पेट भन्नाले लगभग यही नै बुझाउछ। खाएको खाना जाने अंगलाई 'आमाशय/ Stomach' भनिन्छ, त्यसपछी जाने अंग 'आन्द्रा/ Intestine' हुन्। कसैकसैले 'तल्लो पेट' भनेर 'पाठेघर'लाई नि भन्ने गर्छन् तर यो सबैले बुझ्दैनन्, किनकी पुरुषहरुले नि तल्लो पेट दुखेको भन्या सुनेको छु। त्यसैले समाचारमा 'पेटमा सियो हरायो' भनिए पनि त्यो पेटमा हैन, पाठेघरमा हैन, पाठेघरको मुख(cervix) मा नि हैन, 'योनीमार्गमा सियो हराएको' हो।
योनीमार्गमा सियो कसरी हराउन सक्छ?
साधारणतया: त्यो हुँदैंन। तर सिलाउने क्रममा सियो भाँचियो भने भाँचिएको टुप्पो सिलाइरहेको ठाउँमा हराउनसक्छ। अनुभवको कमी, हतारमा सिलाउदा, गलत तरिकाले सियो समाउदा, कमसल खालको सियो पर्दा सियो भाँचिन सक्छ। यस्तो घटना धेरैथोरै भई नै रहेका हुन्छन्। तर तत्काल नै खोजिने र भेटिएर निकालिने भएकोले खासै समस्या दिदैन। तर कहिलेकाही यसरी हराएको सियोको टुप्पो निकाल्न धेरै खोनुपर्ने र कहिलेकाही जती प्रयास गर्दा नि नभेटिने हुन पनि सक्छ।
भाँचिएको टुप्पो सानो हुने र लगातार चलाइरहदा योनीमार्गका विभिन्न मांशपेशीहरुको सतहमा यो सर्ने भएकोले हराएको सियो सजिलै नभेटिन सक्छ। यसरी हराएको सियो २० वर्षपछी पत्ता लागेको मेडिकल रिपोर्ट पनि छ। यस्तै केसको एउटा रिपोर्ट-   Missing needle during episiotomy repair http://cogprints.org/5930/1/2007-3-4.pdf

यसरी हराएको सियोले विरामीलाई के असर पार्छ?
लामो समयसम्म योनी दुख्ने, पेटको तल्लो भाग दुख्ने हुनसक्छ। शारिरिक सम्बन्धमा पनि असर गर्नसक्छ। तर यसको असर शारिरिक भन्दा नि मानसिकरुपमा बढी पर्ने गर्छ। तत्काल खोज्नका लागि गरिने पटक पटकको प्रयासले धेरै रगत बग्ने, रगत चढाउनु पर्ने, योनीमार्गको घाऊ ठुलो आदी हुन्छ। यसले गर्दा विरामी र विरामीको परिवारलाई मानसिक चिन्ता, अत्यास लाग्ने, रिस उठ्ने हुनु स्वाभाविक हो। चिकित्सकले यस्तो बेलामा विरामी र परिवारलाई राखेर सबै कुरा बुझ्ने भाषामा सम्झाउने प्रयास गर्नुपर्छ।

के यसरी सियो भाँचिनु, हराउनुमा चिकित्सक, नर्सको लापरवाही नै हुन्छ?
सधैं हुँदैंन। आफूले जानेको आधारमा, आफ्नो सीपको अनुसार राम्रो गर्न खोज्दाखोज्दै पनि कहिलेकाही यस्तो हुनसक्छ। सबै नराम्रा परीणाम आएका घटना लापरवाहीले नै हुन्छन् भन्नु ठीक हैन। नेपालमा अस्पतालमा हुने नर्मल डेलिभरी र तीनको व्यवस्थापनका कार्यहरु सबै प्राय: एसबीए (SBA- Skilled Birth Attendent)ट्रेनिङ पाएका नर्सहरुले नै गर्छन्।
'सुरुमा सिलाउदै गर्दा सियो भाँचिएको र पछि पुरै सियो भित्रै हराएको' समाचारमा यसो भनिएको छ। मैले यसको अर्थ बुझ्न सकिनँ। भाँचिएपछी भाँचिएको भाग भित्र हराउछ, पूरै सियो हरायो भन्नुको मतलव के हो?
‘डाक्टरले पेटमा सियो हराएको भने’ भनेर लेखिए पनि मलाई लाग्दैन डाक्टरले पेटमा हरायो भनेर भने होलान्, पत्रकारले बुझ्दा त्यसो बुझेका हुनसक्छन्।

लापरवाही भयो भएन भन्ने काम पत्रीकाको हो?
हैन। दु:खद र अप्रत्यासित नराम्रा परीणाम आउँदा जसको पनि मन विक्षिप्त हुन्छ,जसलाई नि दु:ख लाग्छ, रिस उठ्छ, त्यस्तो बेलामा उपचार गर्ने चिकित्सक, नर्सलाई दोष लगाइन्छ। तर त्यसो भन्दैमा त्यो सधैं सहि हुँदैंन। त्यसैले पत्रीकाले सिधै लापरवाहीले यस्तो भयो भन्नु उचित हैन। राष्ट्रीयस्तरका पत्रीका, पत्रकारहरुले यो कुरा बुझ्नुपर्ने हो, तर अहिलेसम्म बुझेका जस्तो देखिदैन।


यही घटनाको समाचारलाई उपचार गर्ने चिकित्सक र नर्सको थप भनाइहरु राखेर,यस्तो किन हुन्छ, कसरी हुन्छ, विश्वमा भएका कती रिपोर्ट छन्, अदालती कार्वाही के भएका छन् जस्ता कुराहरु समेटेर लेखेको भए पूर्ण र राष्ट्रीयस्तरको पत्रीकाको स्तरको हुन जान्थ्यो। तर मौका हातबाट फुस्कियो।
डा. समिर लामा को पर्सनल ब्लगबाट

Labels: Articles, Health, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State