• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
international news, Latest Updates » भारतको सुरक्षाका लागि गोर्खाल्याण्ड राज्य गठन आवश्यक : विमल गुरुङ
भारतको सुरक्षाका लागि गोर्खाल्याण्ड राज्य गठन आवश्यक : विमल गुरुङ

पुष २ । काठमाडौं । गोर्खाल्याड पार्वत्य परिषद्का विमल गुरुङले भारतको राष्ट्रिय सुरक्षाका लागि गोर्खाल्याण्ड राज्य गठन गर्नुपर्ने बताएका छन् ।
हालै भारतको नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरी उनले चारैतर्फ अलग अलग देशसँग सीमा जोडिएको दार्जिलिङ पर्वतीय क्षेत्रलाई समेटेर गोर्खाल्याण्ड राज्य गठन गर्नुपर्ने माग गरेका हुन् । गोर्खाल्याण्ड राज्यको माग गर्दै संघर्षरत गुरुङले दार्जिलिङ पर्वतीय क्षेत्र नेपाल, भुटान, बंगलादेश र चीनसँगको सीमा जोडिएको बताउँदै गोर्खाल्याण्डको माग गर्दै अहिले पनि जन्तर मन्तरमा धर्ना र प्रदर्शन गरिरहेको जानकारी दिए ।
अन्य मुलुकमा गएर ज्यानको परवाह नगरी गोर्खालीले सुरक्षा दिँदा त्यहाँका जनता आरामले निदाएपनि आफ्नो देशको सरकारले गोर्खालीलाई केही नगरेको गुनासो गरे । गोर्खालीको अस्मिता र पहिचान जोगाउन संघर्ष गरिरहे पनि सरकारले बेवास्ता गरेको भन्दै उनले अब माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतवानी दिए ।

Labels: international news, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State