संकटको बेला तेलको कालो बजारी र तेल चोर्ने को को हुन ? (सूचीसहित)
धादिङ, पुस ८ – देशमा संकट परेको बेला नेपाल आयल निगमले खरिद गरेर ल्याएको तेल बिच बाटोमै गायब हुने गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले तेल चोरेर बिक्री गर्न लागेका बेला सात गाडी डिजेलसहित गाडी चालक पक्राउ परेको छ ।
प्रहरीले ना ४ ख ३११२, ना ४ ख ८६७३, ना ४ ख ४१४९, ना ४ ख ४०६, ना ४ ख ४०७, ना ४ ख ६१३२, ना ४ ख ५०८१ नम्बरका डिजेल बोकेका ट्यांकरलाई चोरी गरेर राजमार्गमा बिक्री गर्दै गरेको अवस्थामा मंगलबार पक्राउ गरेको हो । नियन्त्रणमा लिइएका मध्ये एउटा १२ हजार लिटर र अरु ६ वटा २० हजार लिटर तेल बोक्ने क्षमता भएका ट्यांकर हुन् । प्रहरीले तेल चोरी बेच्ने कार्यमा संलग्न गाडी चालक र सहचालक तथा किन्ने मानिस गरी १५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई हिरातमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक र सहचालकले तेल बोकेका ट्यांकरलाई तोकिएको स्थानमा नलगी गाडीको सिल तोडेर धादिङको आठकिलो भन्ने स्थानमा रोकेर प्रति लिटर एक सय ५० का दरले बिक्री गर्न लागेकोले पक्राउ गरिएको धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सबिन प्रधानले बताउनुभयो । सिल तोडी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा गाडीलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
पक्राउ परेका व्यक्ति
सुनसरीको सोनापुर–१ का वर्ष २४ का विष्णु प्रसाद आचार्य
सुनसरीको कुसाहा–८ का वर्ष १७ का अजय उराउ
सुनसरीको महेन्द्रनगर–७ का वर्ष ४४ का महेश उराउ
मोरङको विराटनगर–५ का वर्ष १९ का मनोज राजवंशी
मोरङको विराटनगर–४ का वर्ष ३२ का राम बहादुर मगर
मोरङको विराटनगर–१७ का वर्ष १७ का सुमेश भुजेल
मोरङको विराटनगर–५ का वर्ष ५० का नेप नारायण माझी
सप्तरीको बकदुवा–४ का वर्ष २५ का संजय यादव
सप्तरीको रुपनगर–८ का वर्ष ४५ का यम कुमार भुजेल
सप्तरीको रुपनगर–८ का वर्ष ३० का अरुण भुजेल
धादिङको थाक्रे–३ का वर्ष १८ का बिशाल लामा
धादिङको थाक्रे–४ का वर्ष १९ का जबिन थिङ
धादिङको थाक्रे–९ का वर्ष २८ का बिक्रम आचार्य
धादिङको थाक्रे–३ का वर्ष २१ का बिष्णु सुवेदी
भारत पन्जावका वर्ष ५२ का गुरुदेव सिंह


0 comments
Write Down Your Responses