ग्रिसमा समलिंगी विबहाले कानुनीरुपमा मान्यता प्राप्त
पुस ८ - महिलाको महिलानै जोडी। पुरुष पुरुषबिचमै वैवाहिक नातो। यो कत्तिको सम्भव छ ? सुन्नै अचम्म लाग्छ कतिपयलाइ तर ग्रीसले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएको छ । ग्रीसको संसदले पास गरेको नयाँ कानुनले समलिङ्गीहरुले विवाह गरेपछि अपुताली, उत्तराधिकारी र सम्पत्तिसम्बन्धी मुद्दाको सम्बोधन गरेको भएपनि धर्मपुत्र/धर्मपुत्री राख्न भने नपाउने व्यवस्था गरेको छ ।
लामो समयदेखि यस्तो मान्याताका लागि आवाज उठाउदै आएका वीपक्षीहरुले यस कानुनको स्वागत गरेका छन् । कानुन पारित भएपछि ग्रीस प्रधानमन्त्री अलेक्सिस सिप्रासले मानवअधिकारका लागि यो दिन सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । एम्नेष्टी इन्टरनेशनलले पनि यस कानुनको स्वागत गरेको छ ।
महिला समलिंगी र पुरुष समलिंगी विश्वमा प्रशस्तै भैसकेका छन। कतिपय जोडीलाई त सरकारले पक्राउ गरेर यातनानै दिएको छ। नेपालको प्रजातान्त्रीक भनिने सरकारका पालामासमेत यस्ता जोडीमाथि सार्वजनिक अपराधको आरोप लगाइएको थियो। कतै तपाईका आफ्नै दिदीबहिनी र दाजु भाईपनि यस्तै पो छन की! आफ्नै लिंगमा भएको दोषकाकारणले कमसेकम एक अर्काको साथ पाउनमात्रै त यस्तो जोडी बन्ने गर्दैन ? नत्र समान लिंगीयबिच जीवन गुजार्न कसरि सम्भव हुन्छ? के को रस हुन्छ समान लिंगमा? यो ठुलो प्रश्नको बिसय बनेको छ ।



0 comments
Write Down Your Responses